मंगलबार, वैशाख १८, २०८१
02:24 | ०७:०९

नेपालमा २४ घन्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु

थप ३ हजार ३०९ जनामा संक्रमण पुष्टि

नेपाली लिङ्क नोभेम्बर ४, २०२०

काठमान्डौ । नेपालमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा मात्र थप ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या एक हजार ३४ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ३ हजार ३०९ जनामा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये  काठमाडौंमा एक हजार ५७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ जना गरी उपत्यकामा मात्र एक हजार ८७८ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ८२ हजार ९२३ जना पुगेको छ । संक्रमितमध्ये एक लाख ४४ हजार ९७८ जना कोरोना संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू