मंगलबार, वैशाख १८, २०८१
12:01 | १६:४६

अष्ट्रेलियाको मेलबोर्नमा १११ दिनपछि लकडाउन अन्त्य

भिडभाड नगर्न, मास्क नलगाइ नहिँड्न सरकारको आग्रह

रासस/एपी अक्टोबर २८, २०२०

मेलबोर्न, १२ कात्तिक–अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोेर्नमा कोरोनाभाइरस महामारीका कारण लगाइएको लकडाउन १११ दिनपछि बुधबार अन्त्य गरिएको छ ।

यो लकडाउन अन्य ठाउँमा लगाइएको भन्दा लामो भएको अधिकारीहरुले बताएका छन् । लकडाउन खुल्ला गरेपछि स्थानीय बासिन्दाले राहत र सहजता महसुस गरेको समाचारमा उल्लेख छ ।

‘कठिन यात्रा सकिएको छ, धेरै लामो समय बिताउन ज्यादै गाह्रो भएको थियो’- स्थानीय एक बासिन्दाले प्रतिक्रिया दिएका छन् ।

भिक्टोरिया राज्य सरकारले लकडाउन अन्त्य गर्ने घोषणा गरेसँगै यस क्षेत्रका व्यापारिक प्रतिष्ठानहरु खुल्ला भएका छन् । उनीहरुले कारोबार गर्न थालेका छन् भने कामदारहरुले काम गर्न पाएका छन् ।

लकडाउन खुल्ला गरिए पनि सडकमा भिडभाड नगर्न, मास्क नलगाइ नहिँड्न भनिएको छ । त्यसैगरी घरदेखि २५ किलोमिटर टाढा हिँड्न पनि नपाइने व्यवस्था गरिएको छ ।

सरकारी अधिकारीहरुले सकेसम्म घरबाटै काम गर्ने वातावरण बनाउन पनि सबैलाई आह्वान गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू