बिहीबार, २६ नोभेम्बर, २०२६
बेलायतमा शरणार्थीको आवेदन संख्या एक वर्षमा ३३ प्रतिशतले घट्यो

नेपाली लिङ्क
नोभेम्बर २६, २०२६
लन्डन । बेलायतमा शरणार्थीको लागि आवेदन दिने व्यक्तिको संख्या पछिल्लो एक वर्षमा ३३ प्रतिशतले घटेको छ ।
बेलायतको गृह मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ को सेप्टेम्बर मसान्तसम्मको एक वर्षमा ७४ हजार व्यक्तिले शरण आवेदन दिएका छन् । यो अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशत कम हो ।
शरण आवेदन दिनेहरूको संख्यामा उल्लेख्य गिरावट आए पनि यो संख्या सन् २००४ देखि २०२१ सम्मको अवधिमा देखिएको स्तरभन्दा अझै उच्च रहेको तथ्यांकले देखाएको छ ।
गृह मन्त्रालयका अनुसार गैरकानुनी मार्गबाट बेलायत प्रवेश गर्ने व्यक्तिहरूको शरण आवेदनमा आएको कमी यस गिरावटको मुख्य कारण हो ।
यद्यपि, शरणार्थीको लागि आवेदन दिनेहरूमध्ये झन्डै आधा व्यक्ति गैरकानुनी मार्गबाट बेलायत प्रवेश गरेको तथ्यांकले देखाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५



