मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम


लन्डन— नेपाल मुक्तक प्रतिष्ठान (नेमुप्र), बेलायत शाखाले १७ अक्टोबर शनिबार दशैं विशेष मुक्तक कार्यक्रम गरेको छ।
बेलायती समय ११:१५ देखि १३:१५ सम्म जूममार्फत कार्यक्रम भएको हो। सो अवसरमा बेलायत, बेल्जियम, स्पेन, पोर्चुगल, र नेपालबाट उल्लेख्य उपस्थिति थियो।
संस्थाकी अध्यक्ष प्रतिमा केसी ‘प्रवासी’ सभापति रहेको कार्यक्रम सचिव गङ्गा भण्डारीले संचालन गरेकी थिइन् । जूम होस्टमा सल्लाहकार कुमार केसी तथा गौरव केसीले साथ दिएका थिए।
नेपाल स्रस्टा समाजका अध्यक्ष श्रीओम ‘रोदन’ले प्रमुख आतिथ्य प्रदान गर्दै आफ्नो एक थान मुक्तक वाचन गरि कार्यक्रम उद्घाटन गरेका थिए।
संस्थाका सल्लाहकार तथा कार्यक्रम संयोजक डा रुपक श्रेष्ठले उक्त कार्यक्रमको उदेश्य संसारभर फैलिएका नेपालीहरुको महान पर्व बडा दशैंको उपलक्षमा शुभकामना ब्यक्त गर्नु, मान्यजनहरुबाट आशिर्वाद लिनुका साथै नवनिर्वाचित कार्यकारी समितिको परिचय गराउनु रहेको बताउंदै उपस्थित सबैलाई स्वागत गरे।
डा श्रेष्ठले नवनिर्वाचित कार्यसमितिका अध्यक्ष प्रतिमा केसी ‘प्रवासी’, उपाध्यक्ष राज श्रेष्ठ, कोषाध्यक्ष जीत बुढाथोकी, सचिव गङ्गा भण्डारी, सहसचिव अहिल्या कुँवर, सदस्यहरुमा शशी थापा सुबा, दुर्गा ढकाल, रबिन्द्र जोशी तथा माया गुरुङका साथै सल्लाहकारहरुमा सुमलकुमार गुरुङ, बिनोद अधिकारी, कुमार केसी तथा डा रुपक श्रेष्ठको परिचय गराए।
नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रामकाजी कोनेले विशेष अतिथिको रुपमा उक्त कार्यक्रम तथा नवनिर्वाचित कार्यकारी समितिलाई सफलताको शुभकामना ब्यक्त गरे। बेलायत शाखाले मुक्तकको अन्तरराष्ट्रिय स्तरमा उन्नयन गर्न स्थापनाकाल देखि नै उदाहरणीय काम गरिरहेको जिकिर उनले गरे।
गोपाल रेग्मी अमेरिका, शारदा पौडेल निशा स्पेन, बिमल गिरि बेल्जियम, सबी श्रेष्ठ – पोर्चुगल, सिमा ढुङ्गाना – जर्मनी, त्यसै गरि नेपालबाट प्रमिला गजुरेल, रमेश पौडेल, सुनिल अधिकारी, सूर्य खड्का बिखर्ची, शीतल कादम्बिनी, गुप्त बहादुर श्रेष्ठ, यादव भट्टराई, बाबुराम पोखरेल, मदन भण्डारी, लक्ष्मी रायमाझी खड्का, तेज बहादुर चाह्क्ली, बेलायतबाट राज श्रेष्ठ, गङ्गा भण्डारी, अहिल्या कुँवर, तमु, शशी थापा सुब्बा, माया गुरुङ, रघु भण्डारी, सेमन्त राई, कुमार केसी, सुमल कुमार गुरुङ, रुपक श्रेष्ठ, संजिता देउजा, शशी थापा सुब्बा, सुमल कुमार गुरुङ तथा बिनोद अधिकारीले बडा दशैंको शुभकामना ब्यक्त गर्दै विविध स्वादका आ-आफ्ना तीन थान मुक्तक वाचन गरे।

प्रमुख अतिथि श्रीओम ‘रोदन’ले कार्यक्रम अत्यन्त सफल भएको बताए। यस उत्तरआधुनिक व्यस्त समयमा मुक्तकले लघु आयाममा, काव्यिक कला र सौन्दर्य सहित भावनाको तिव्र सम्प्रेषण गर्न सक्ने खुबी भएकोले समकालीन साहित्यिक समाजमा अत्यन्त लोकप्रिय काव्य बन्न सफल भएको उनले बताए।
उनले मुक्तकको सैध्दान्तिक तथा रचनात्मक विकास र विस्तारको आफू साक्षी रहेको र नेपाली मुक्तकको उन्नयन अत्यन्त सुखद रहेको बताए। भाषा साहित्य र संस्कार बचे हामी संसारका जहाँ रहे पनि बाँच्नेछौं भन्दै नेमुप्र यूकेले यसरी नेपाली भाषा र साहित्यलाई संसारभर फैलाउन गरेको कार्य स्तुत्य रहेको रोदनले सुनाए।
उनले ‘सबै साहित्यकार मुक्तककार’ भन्ने नारासहित सबै साहित्यकारहरुबाट मुक्तक रचना गराउने अभियानमार्फत नेमुप्रले २२४ जना साहित्यकारहरुबाट मुक्तक संकलन गरि २०८२ मा बृहत पुस्तककार ‘मुक्तक मुहिम’ प्रकाशन गर्न सफल भएको स्मरण गरे। त्यस अभियानमा आफूले पनि सम्पादकको भूमिकामा सहयोग गर्न पाउँदाको क्षण सुखद रहेको उनको भनाइ थियो।
बेलायत शाखाबाट मुक्तकको विकास र विस्तारमा भएको अहम भूमिकाको आफू साक्षी रहेको बताउँदै उनले आगामी दिनमा थप प्रगतिको शुभकामना दिए।
सभाध्यक्ष प्रतिमा केसी ‘प्रवासी’ ले उपस्थित सम्पूर्ण अतिथिहरु, कार्यकारी समिति, आजीवन सदस्यहरु, कार्यक्रम संचालक, जूम होस्ट तथा संयोजकलाई कार्यक्रम सफल बनाउन सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्दै उपस्थित सबैको साथ र शुभकामनाले आफूमा अझ उर्जा थपिएको बताइन् ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



