बुधबार, ३० सेप्टेम्बर, २०२६
14:02 | १८:४७

विज्ञताअनुसार देश विकासमा योगदान दिन प्रधानमन्त्री शाहको आग्रह

नेपाली लिङ्क सेप्टेम्बर ३०, २०२६

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले प्राविधिक पृष्ठभूमि भएका संघीय सांसदहरूलाई आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्दै मुलुकको दीर्घकालीन विकासमा योगदान दिन आग्रह गरेका छन्।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्राविधिक पृष्ठभूमिका प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले राजनीतिक विषयमा मात्र केन्द्रित नभई दीर्घकालीन नीति निर्माण र नवीन सोचका साथ अघि बढ्न आग्रह गरे।

उनले भने, “तपाईंहरू आफैँ प्राविधिक विषयका जानकार हुनुहुन्छ र मुलुकको नीति निर्माण गर्ने स्थानमा हुनुहुन्छ। देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्।”

प्रधानमन्त्री शाहले निर्वाचन तथा राजनीतिक सक्रियताको समयबाहेक पार्टीगत राजनीतिभन्दा माथि उठेर प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई प्राथमिकतामा राख्दै काम गर्न सुझाव दिनुभयो।

परिवर्तनका संवाहकका रूपमा रहेका प्राविधिक पृष्ठभूमिका सांसदहरूले नवीन उपायहरू अघि सारेर त्यसको कार्यान्वयनमा केन्द्रित भए पाँच वर्षभित्रै मुलुकले विकासको फरक गति लिने विश्वाससमेत उनले गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू