बिहीबार, २४ सेप्टेम्बर, २०२६
प्रधानमन्त्री बालेन शाहले भोलि बिहान राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने

नेपाली लिङ्क
सेप्टेम्बर २४, २०२६
लन्डन । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले भोलि बिहान संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्री शाहले नेपाली समयअनुसार शुक्रबार बिहान करिब ५ देखि ६ बजेबीच महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।
महासभामा प्रधानमन्त्री शाहले नेपालको पछिल्लो राजनीतिक अवस्था, जलवायु परिवर्तनका कारण नेपालले सामना गरिरहेका चुनौती, दिगो विकास, अन्तर्राष्ट्रिय सहकार्य तथा विश्वशान्तिलगायत विषयमा नेपालको धारणा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री शाह बुधबार राति अमेरिकाको न्युयोर्क पुगेका थिए। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि यो उनको पहिलो विदेश भ्रमण हो।
संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गरेपछि प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किने कार्यक्रम छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५


