बाढी पीडितका लागि एनआरएनए कोषमा ६ करोड बढी जम्मा


काठमाडौं । भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरिरहेको अभियान २८औँ दिनमा पनि जारी रह्यो।
यस क्रममा भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटको तुप्चे र देवीघाटका ८० परिवारलाई खाद्यान्न, ग्यास, भाँडाकुँडा तथा अत्यावश्यक सामग्री वितरण गरिएको छ।
एनसीसी फिलिपिन्स र स्टिचिङ नेपाल फन्ड, नेदरल्यान्ड्सको सौजन्यमा बाढीपहिरो प्रभावित परिवारका लागि राहत सामग्री उपलब्ध गराइएको हो।
स्थानीय जनप्रतिनिधिसँगको निरन्तर समन्वयपछि प्रभावित परिवारको आवश्यकताका आधारमा ग्यास सिलिन्डर, भाँडाकुँडा, खाद्यान्नलगायतका सामग्री वितरण गरिएको हो।
राहत कार्यक्रम अन्तर्गत प्रभावितहरूलाई ग्याँस सिलिन्डर, प्रेसर कुकर, चुल्हो, पाइप, रेगुलेटर, क्लीप, कराई, थाल, डाडु, पन्यू, गिलास, कचौरा, चम्चा, जग र बाल्टिन लगायतका घरायसी तथा भान्साका अत्यावश्यक सामग्रीहरू उपलब्ध गराइएको छ।
सामग्री वितरणमा संघका केन्द्रीय उपाध्यक्ष बुद्धि सागर सुवेदी, उपाध्यक्ष तथा विपद् व्यवस्थापन समिति संयोजक मनोज श्रेष्ठ, एनसीसी नेदरल्यान्ड्सका संस्थापक अध्यक्ष शशी पौडेल, मध्यपूर्वका पूर्व उपसंयोजक धर्मराज गिरी र एनसीसी फिलिपिन्सका कोषाध्यक्ष प्रेम लामालगायतको सहभागिता थियो।
काजक्रियापछि भाडामा बसेका २२ परिवारलाई राहत सामाग्री वितरण
भोटेकोशी नदीको बाढीबाट आफन्त गुमाई काठमाडौंका विभिन्न क्रियाघरमा काजक्रिया सम्पन्न गरी हाल कोठा भाडामा लिएर बसिरहेका प्रभावित परिवारलाई सहयोगस्वरूप ग्यास सिलिन्डर, भाँडाकुँडा, खाद्यान्नलगायतका राहत सामग्री वितरण गरिएको छ।
बुधबार एनआरएनए सचिवालयबाट उतरगया तथा बिदुरका गरी २२ प्रभावित परिवारलाई उक्त राहत सामग्री उपलब्ध गराइएको हो। बाढीबाट घर तथा आफन्त गुमाएका उनीहरू हाल काठमाडौं, नुवाकोटलगायतका स्थानमा कोठा वा घर भाडामा लिएर नयाँ बसोबासको तयारीमा छन्।

६ करोड १ लाख ८ हजार २०० रुपैयाँ संकलन
भोटेकोशी बाढी प्रभावितका लागि पूर्वप्रतिबद्धता अनुसारको सहयोग रकम प्राप्त हुने क्रम जारी रहेको छ। भोटेकोशी-रसुवा बाढी २०२६ को वित्तीय प्रतिवेदनअनुसार यस अभियानका लागि कुल ८ करोड ७७ लाख २१ हजार ९०६ रुपैयाँ ६६ पैसा प्रतिबद्धता प्राप्त भएकोमा हाल ६ करोड १ लाख ८ हजार २०० रुपैयाँ संकलन भएको छ।
कुन देशबाट कति ?
| क्र.सं. | एनसीसी/संस्था | प्राप्त रकम (रुपैयाँ) |
|---|---|---|
| १ | युके (पहिलो चरणमा) | ५३,४३,२४४.२५ |
| २ | अष्ट्रेलिया (पहिलो चरणमा) | ३१,०१,५८१.७६ |
| ३ | बहराइन | २५,७९,३२८.०० |
| ४ | न्युजिल्यान्ड | २१,५२,८९९.७३ |
| ५ | स्विडेन | १८,३१,५३५.०० |
| ६ | नर्वे | १७,८९,८४२.९६ |
| ७ | हङकङ | १७,५२,२३२.५० |
| ८ | ओमान | १३,१५,०००.०० |
| ९ | फिलिपिन्स | १२,००,०००.०० |
| १० | दक्षिण कोरिया | ११,१०,८१२.०० |
| ११ | स्टिचिङ नेपाल फन्ड, नेदरल्यान्ड्स | १०,५५,१९३.६० |
| १२ | लग्जम्बर्ग | १०,४६,५४८.८६ |
| १३ | साउदी अरेबिया | १०,००,०००.०० |
| १४ | टर्की | ७,५०,३३७.०० |
| १५ | म्यानमार | ६,०१,०००.०० |
| १६ | युएई (पहिलो चरणमा) | ६,५८,६६३.०० |
| १७ | इजरायल | ५,०४,३८५.०० |
| १८ | आयरल्याण्ड (पहिलो चरणमा) | ५,००,०००.०० |
| १९ | थाईल्याण्ड (पहिलो चरणमा) | ५,००,०००.०० |
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


