सोमबार, २१ सेप्टेम्बर, २०२६
न्युयोर्क आइपुगे परराष्ट्रमन्त्री खनाल

रासस
सेप्टेम्बर २१, २०२६

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क आइपुगेका छन् ।
परराष्ट्रमन्त्री खनाललाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, महावाणिज्यदूत दधिराम भण्डारीलगायत नियोगका कर्मचारीले स्वागत गरेका थिए ।
मन्त्री खनालले नेपालले आयोजना गर्ने ‘एभरेष्ट टु द सी’ साइडलाइन बैठकको नेतृत्व गर्नेछन् । उनले विभिन्न देशका आफ्ना समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
मन्त्री खनालका साथ परराष्ट्र सचिव अमृतबहादुर राई तथा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललगायत छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५


