शुक्रबार, १८ सेप्टेम्बर, २०२६
11:41 | १६:२६

बेलायतका लागि नेपाली राजदूत सिफारिस भए पूर्वप्रधानसेनापति जबरा

नेपाली लिङ्क सेप्टेम्बर १८, २०२६

काठमाडौँ—मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिकालगायत १३ देशका लागि राजदूत सिफारिस गरेको छ ।

शुक्रबार बसेको बैठकले भारतका लागि सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक निश्चलनाथ पाण्डे, चीन मामिला विज्ञ कल्याणराज शर्मालाई चीन, सुरक्षा विज्ञ चिरनजंग थापालाई अमेरिकाका लागि राजदूत सिफारिस गरिएको छ ।

पूर्वप्रधानसेनापति गौरव शमशेर जबरा बेलायतका लागि नेपाली राजदूतमा सिफारिस भएका छन् ।

त्यस्तै आप्रवासन विज्ञ सरू जोशीलाई जर्मनीका लागि राजदूत सिफारिस गरिएको छ ।

मन्त्रिपरिषद्ले सिफारिस गरेपछि उम्मेदवारहरूको संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन हुनुपर्छ, त्यसपछि सम्बन्धित मुलुकबाट सहमति (एग्रिमो) आएपछि मात्र राष्ट्रपतिले राजदूत नियुक्त गर्नेछन् ।

गौरव शमशेर जबरा


को कहाँ सिफारिस ?

१. निश्चलनाथ पाण्डे- भारत

२. कल्याणराज शर्मा- चीन

३. चिरनजंग थापा-अमेरिका

४.गौरव शमशेर जंगबहादुर राणा-संयुक्त अधिराज्य (यूके)

५. जिग्यानकुमार थापा – जापान

६. सुरेशकुमार कर्ण – इजरायल

७. प्राप्ति शेरचन – स्पेन

८. शरू जोशी- जर्मनी

९. पद्माक्षी राणा- ओमान

१०. चूडामणि खरेल- मलेसिया

११. प्रा. डा. सङ्गम श्रेष्ठ- दक्षिण कोरिया

१२. डा. मंचला झा- श्रीलंका

१३. गिरीबहादुर सुनार- साउदी अरेबिया

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू