बाढीपीडित सहयोगार्थ गोर्खा मिडिया यूकेको १ लाख सहयोग


लन्डन- सूचना र सामाजिक सेवा सँगसँगै भन्ने भावनालाई आत्मसात् गर्दै आएको गोर्खा मिडिया यूकेले नेपालका बाढीपीडितलाई १ लाख ५६ रुपैयाँ सहयोग गरेको छ ।
तमुधिं यूकेले सञ्चालन गरेको ‘नेपाल फ्लस फ्लड सपोर्ट अभियान’ मार्फत नेपाल सरकारको राहत कोषमा जम्मा हुने गरी उक्त रकम हस्तान्तरण गरिएको गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुले बताए।
‘बाढीपहिरोका कारण समस्यामा परेका नागरिकको घाउमा मलम लगाउन र पुनर्स्थापना कार्यमा थोरै भए पनि टेवा पुगोस् भन्ने हेतुले सहयोग गरेका हौँ,’ उनले भने ।
सामाजिक उत्तरदायित्व वहन गर्दै आफ्नो मातृभूमिलाई विपत्तिको समयमा साथ दिनु सबैको जिम्मेवारी भएको तमुको भनाइ छ । तमुले भने, ‘मातृभूमिलाई दुःख परेको बेला सबैले सकेको सहयोग गरौँ।’
तमुधिं यूकेले बेलायतमा सहयोग संकलन अभियान नै चलाइरहेको छ । अभियानअन्तर्गत नेपाल सरकारमार्फत सञ्चालित राहत कोषमा १ करोड १ हजार रुपैयाँ हस्तान्तरण गर्ने निर्णय गरिसकेको छ ।
सोही अभियानमा गोर्खा मिडियाले पनि ऐक्यबद्धता जनाएको हो । आगामी दिनमा पनि मानवीय र सामाजिक कार्यहरूमा निरन्तर सहयोग रहने प्रबन्ध निर्देशक तमुको भनाइ छ ।


सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


