साउथ वेष्ट नेपाली समाज यूकेले प्रधानमन्त्री राहत कोषमा पठायो १० लाख ३५ हजार रुपैयां


लन्डन । साउथ वेष्ट नेपाली समाज यूकेले बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा १० लाख ३५ हजार रुपैयां जम्मा गरेको छ ।
समाजको आकष्मिक बैठकले प्राकृतिक विपत्तिमा मातृभूमिप्रति आफ्नो सामाजिक दायित्व निर्वाह गर्दै उक्त रकम प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने निर्णय गरेको हो ।
समाजका अध्यक्ष किसान जीसीले यो रकम कुनै एक व्यक्ति विशेषको नभई सम्पूर्ण साउथ वेष्टवासी नेपाली दाजुभाई, दिदीबहिनी, बुबाआमा तथा समाजका सदस्यहरूले आफ्नो रगत पसिना र मेहनतको कमाइबाट समाजलाई प्रदान गरेको सहयोग रकम भएको बताए ।
‘आज मातृभूमि नेपाल दुःखमा परेको अवस्थामा त्यही सामाजिक कोषबाट साथ दिन पाउनु हाम्रो कर्तव्य र सौभाग्य हो । तपाईंको सानो सहयोगले पनि कसैको जीवनमा ठूलो आशा र राहत ल्याउन सक्छ’, जीसीले भने ।
बाढी प्रभावितका लागि नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा शनिबारसम्म रु पाँच अर्बभन्दा बढी रकम सङ्कलन भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितहरूका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


