बिहीबार, १६ जुलाइ, २०२६
17:54 | २२:३९

मिडल्याण्डमा राहदानी तथा कन्सुलर सेवा सम्बन्धी घुम्ती शिविर गर्ने तयारी

नेपाली लिङ्क जुलाइ १६, २०२६

लन्डन । लन्डनस्थित नेपाली राजदूतावासले मिडल्याण्ड क्षेत्रमा बसोवास गर्ने नेपालीलाई लक्षित गर्दै राहदानी तथा कन्सुलर सेवा सम्बन्धी घुम्ती शिविर गर्ने भएको छ ।

दूतावासले गैरआवासीय नेपाली संघ, राज्य समन्वय परिषद्, इंग्ल्याण्डको समन्वय तथा व्यवस्थापनमा घुम्ती शिविर गर्न लागेको परिषदकी अध्यक्ष राममाया विष्टले जनाइन् । मिति, स्थान र विस्तृत प्रक्रिया दूतावासको समन्वयपछि सार्वजनिक गरिने अध्यक्ष विष्टले बताइन् ।

दूतावासको सिमित स्रोत तथा जनशक्ति व्यवस्थापनका कारण कन्सुलर सेवा लिने पर्याप्त सेवाग्राही संख्या सुनिश्चित भएको अवस्थामा मात्र सञ्चालन गर्न सम्भव हुने जनाउंदै अध्यक्ष विष्टले आवश्यक परेका सेवाग्राहीलाई बेलैमा आफ्नो नाम दर्ता गराउन पनि आग्रह गरेकी छन् ।

नाम दर्ताका लागि इमेल [email protected] छ ।

घुम्ती शिविरमार्फत विद्युतीय राहदानी नवीकरण, नयाँ आवेदन, अधिकृत वारेसनामा, कागजात प्रमाणीकरण, एकतर्फी यात्रा अनुमतिपत्र, पर्यटक भिसा लगायत सेवा प्रदान गरिनेछ ।

दूतावासले यसअघि अल्डरसट, स्वीन्डन, स्कटल्याण्ड, प्रेस्टन, आयरल्याण्ड, केमन आइल्याण्ड जस्ता नेपाली जनसंख्या उल्लेख्य भएका शहरमा घुम्ती शिविर सम्पन्न गरिसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू