बुधबार, १ जुलाइ, २०२६
07:47 | १२:३२

स्वीडेनलाई पराजित गर्दै फ्रान्स अन्तिम १६ मा

रासस जुलाइ १, २०२६

काठमाडौँ, असार १७ गते । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स स्वीडेनलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको छ ।

अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशाला भएको खेलमा फ्रान्सले स्वीडेनलाई ३–० गोलअन्तरले पराजित गर्‍यो ।

फ्रान्सको जितमा खेलको ४५औँ र ७४औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गरे भने खेलको ५३औँ मिनेटमा ब्राडली बारकोलाले गोल गरे । अब अन्तिम १६ मा फ्रान्सले पाराग्वेको सामना गर्नेछ ।

अन्तिम–३२ को खेलअन्तर्गत गए राति भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । साथै बुधबार बिहान ६ः४५ बजे मेक्सिको र इक्वेडोरबीच खेल हुँदैछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू