एनआरएनए यूके वेल्स राज्य समन्वय परिषद र पत्रकारहरुबीच अन्तरक्रिया

लन्डन । एनआरएनए यूके वेल्स राज्य समन्वय परिषदले नेपाल पत्रकार महासंघ बेलायतका पदाधिकारीहरुको सम्मानमा कार्डिफमा एक रिसेप्सनसहित अन्तरक्रिया गरेको छ ।
आइतबार कार्डिफस्थित बेस क्याम्प रेष्टुरेन्ट प्रेक्षालयमा कार्यक्रम भएको हो । दिवाभोजपछि आयोजित अन्तरक्रिया कार्यक्रममा एनआरएनए यूके वेल्स राज्य समन्वय परिषद र नेपाल पत्रकार महासंघ बेलायतबीच समुदायको हितका साझा उद्देश्यमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरियो ।
सो अवसरमा एनआरएनए यूके वेल्स राज्य समन्वय परिषद अध्यक्ष डा. विकास रानाभाटले पत्रकार महासंघ यूके शाखालाई वेल्समा स्वागत गर्न पाउंदा गौरव लागेको बताउंदै भावी दिनमा पत्रकारहरुबीच आपसी सम्बन्ध थप मजवुत बनाइ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । डा. रानाभाटले पत्रकार महासंघ यूके शाखाले वेल्समा नेपाली समुदायसंग अन्तरक्रिया गरि स्थानीय गतिविधि जनमानसमा ल्याउन निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको पनि बताए । उनले कार्यक्रमका लागि हल र खाना प्रवन्ध गरिदिएकामा बेस क्याम्प किचनका सञ्चालक मुक्तिराम सापकोटाप्रति विशेष आभार समेत व्यक्त गरे ।
वेल्स राज्य समन्वय परिषदका संस्थापक अध्यक्ष एवं एनआरएनए यूके पूर्व उपाध्यक्ष रामचन्द्र पोखरेलले पत्रकारहरु समाजका मार्गदर्शक भएकाले जिम्मेवार पत्रकारिताले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।
शाखा अध्यक्ष विमला सेनेले आफूहरुको स्वागत सम्मान गरेकामा वेल्स राज्य समन्वय परिषदलाई विशेष धन्यवाद ज्ञापन गर्दै परिषद र नेपाली समुदायका गतिविधि उजागर गर्न सधैं प्रतिवद्ध रहेको बताइन् । उनले स्थानीय नेपाली संघसंस्थासंग सम्बन्ध सुधार, त्यहांका गतिविधि र सफलताका कथा बाहिर ल्याउन शाखा निरन्तर लागिरहने पनि उल्लेख गरिन् ।
कार्यक्रममा एनआरएनए यूके राज्य समन्वय परिषद वेल्सका उपाध्यक्ष बलराम अधिकारी , नेपाली समाज कार्डिफकी पूर्व अध्यक्ष लक्ष्मी केसी, समाजकी वर्तमान उपाध्यक्ष शोभाराणा पोखरेल, धर्म संस्कृति अभियान बेलायतका अध्यक्ष पण्डित डा. थानेश्वर पाण्डेय, स्थानीय हस्तकला व्यवसाय ‘गणेशा’ का युवा उद्यमी सुरज शर्मालगायत विभिन्न संघसंस्था र क्षेत्रका प्रतिनिधिहरू तथा समाजसेवीहरूको उत्साहजनक उपस्थिति र सहभागिता थियो ।
कार्यक्रममा परिषदका सचिव डा. अमर मल्लले स्वागत मन्तव्य दिएका थिए ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


