• होम
  • बेलायत
  • नेपाल
  • कला /साहित्य
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
मंगलबार, ८ जुलाइ, २०२५
07:37 | १२:२२

कोरोना अपडेट: विश्वमा आठ लाख ७९ हजार बढीको मृत्यु

रासस/एएफपी सेप्टेम्बर ५, २०२०

जेनेभा, स्वीट्जरल्याण्ड, २० भदौ–विश्वभरी कोरोना भाइरसको सङ्क्रमणबाट आठ लाख ७९ हजार ३६९ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) शनिबार दिएको जानकारी अनुसार विश्वभरी अहिलेसम्म दुई करोड ६८ लाख १६ हजार ८८७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
यद्यपी विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित एक करोड ८९ लाख २३ हजार ६६६ व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । हाल विश्वमा ७० लाख १३ हजार ८५२ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेकाले उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये ६० हजार ९१० जनाको अवस्था गम्भीर रहेको जनाएको छ । बाँकीको अवस्था भने सामान्य रहेको डब्लुएचओले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्कनुसार अमेरिकामा ६३ लाख ८९ हजार ४१३ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ३६ लाख ३६ हजार २७२ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९२ हजार १३२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
ब्राजिलमा ४० लाख ९१ हजार ८०१ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३२ लाख ७८ हजार २४३ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २५ हजार ५८४ जनाको मृत्यु भएको छ ।
भारतमा ४० लाख २७ हजार ७१८ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३१ लाख सात हजार ४५३ कोरोना भाइरस मुक्त भएका छन् भने ६९ हजार ६६८ जनाको मृत्यु भएको छ ।
रुसमा १० लाख २० हजार ३१० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन भने ८ लाख ३८ हजार १२६ कोरोना भाइरस मुक्त भएका छन् । रुसमा अहिलेसम्म १७ हजार ७५९ जनाको मृत्यु भएको छ ।
पेरुमा ६ लाख ७६ हजार ८४८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ९८ हजार ७७१ जना कोरोना भाइरस मुक्त भएका छन् भने २९ हजार ५५४ जनाको मृत्यु भएको छ ।
कोलम्बिया ६ लाख ५० हजार ६२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ९८हजार २२१ जना कोरोना भाइरस मुक्त भएका छन् भने २० हजार ८८८ जनाको मृत्यु भएको छ ।
दक्षिण अफ्रिकामा ६ लाख ३५ हजार ७८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ५७ हजार ८१८ कोरोना भाइरस मुक्त भएका छन् भने १४ हजार ६७८ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा ६ लाख २३ हजार ९० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ३४ हजार ६६७ कोरोना भाइरस मुक्त भएका छन् भने ६६ हजार ८१४ जनाको मृत्यु भएको छ ।
स्पेनमा ५ लाख १७ हजार ११३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार ४१८ जनाको मृत्यु भएको छ । यहाँ तीन लाख ३१ हजार ६२१ जना सङ्क्रमणमुक्त भएका छन् ।
अर्जेन्टिनामा ४ लाख ६१ हजार ८८२ जनामा कोरोना भाइरसको सङ्क्रमण रहेको छ । यहाँ ३ लाख ९१ हजार २४८ जना कोरोना भाइरस मुक्त भएका छन् भने ९ हजार ६२३ जनाको मृत्यु भएको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

ईयूको ५० करोड युरो जरिवानाविरुद्ध एप्पलद्वारा अपिल दायर

८ घन्टा अगाडि

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी, मृत्यु हुनेको सङ्ख्या ५१ पुग्यो

२ दिन अगाडि

गाजामा द्वन्द्व अन्त्यका लागि युद्धविराम प्रस्तावमा तुरुन्तै वार्ता गर्न हमास तयार

३ दिन अगाडि

हाम्रो सिफारिस

लन्डनमा स्वर्णिम: ठूला दलले समाप्त पार्न खोज्दा रास्वपा झन् बलियो बन्दैछ (भिडियो)

अप्रिल २८, २०२५

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)

मार्च १५, २०२५

बेलायतको फाइनान्समा नेपाली नयां पुस्ताः प्रजेश डिल गर्छन् मिलिअन पाउण्ड प्रपर्टी (भिडियो)

मार्च ८, २०२५
ताजा अपडेट्स
  • सहकारी पीडितले फिर्ता पाए तीन अर्ब ७१ करोड ६६ लाख
  • ईयूको ५० करोड युरो जरिवानाविरुद्ध एप्पलद्वारा अपिल दायर
  • दुप्सेङ्ग रिन्पोछेले बीसीसी गुम्बामा दिए धार्मिक प्रवचन
  • बेलायत आप्रवासीप्रति थप कठोर, वर्क परमिट लिन २२ जुलाईबाट झन् कडाइ
  • एनआरएनए इंग्ल्यान्डमा इतिहास रच्ने अठोटसहित अहिल्याले गरिन् अध्यक्ष उम्मेदवारी घोषणा
ट्रेन्डिङ
  • १
    बेलायतमा आठौं पिपल नेपाल कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा १२ टिम भिड्दै
  • २
    चार्ल्टन समाजको समर कार्यक्रम १३ जुलाइमा, चर्चित गायक कृष्ण रेउले आउँदै
  • ३
    बेलायतमा सुतेकै ठाउँमा मृत भेटिए भक्तपुरका प्रजापति
  • ४
    आचार्यले म्यारिज एनिभर्सरीमा नेपालका असहायलाई गरे सहयोग
  • ५
    भूतपूर्व गोर्खाहरुले बेलायती संसद भवन अगाडि गरे प्रदर्शन

Nepali Link Ltd
49 Swanley Road DA16 1LL
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला/साहित्य
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2025 nepalilink.com, All rights reserved.