सोमबार, २३ फ्रेब्रवरी, २०२६
एनआरएनए निर्वाचन कार्यतालिका प्रकाशित


नेपाली लिङ्क
फ्रेब्रवरी २३, २०२६

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए) १२ औं बृहत एकता अन्तर्राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका प्रकाशन गरिएको छ।
संघको विधान २००३ (२०२२ को संशोधन सहित) को दफा १७ को उपदफा १७.२ अनुसार दुई वर्षको कार्यकालका लागि ७४ जना पदाधिकारीहरू चयनका लागि निर्वाचन कार्यतालिका प्रकाशित गरिएको हो ।
निर्वाचन मार्च १४–१५, २०२६ मा सम्पन्न गरिनेछ। निर्वाचन समितिको मिति २०८२/१०/२९ को निर्णयअनुसार कार्यतालिका तोकिएको हो ।
एनआरएनए १२ औं बृहत एकता अन्तर्राष्ट्रिय महाधिवेशन मार्च १४–१६ सम्म काठमाडौँमा आयोजना हुनेछ। यस निर्वाचनले संघको आगामी दुई वर्षको नेतृत्व तय गर्नेछ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५


