बिहीबार, ५ मार्च, २०२६
न्यूयोर्क सहरमा चिसोका कारण १६ को मृत्यु


रासस/सिन्ह्वा
फ्रेब्रवरी २, २०२६

न्यूयोर्क, माघ १९ गते । गएको हप्तादेखि न्यूयोर्क सहरमा चिसोका कारण १६ जनाको मृत्यु भएको मेयर जोहरान ममदानीले पुष्टि गरेका छन् । ती मध्ये एक दर्जन बढी मृत्यु हाइपोथर्मियासँग सम्बन्धित रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
अमेरिकामा जाडोमा ठूलो आँधीका कारण जनवरी–२५ मा उल्लेख्य मात्रामा हिँउ परी सडक तथा फुटपाथ अवरुद्ध गरेको जनाइएको छ । ममदानीले अहिलेसम्म छ करोड ७० लाख पाउन्ड हिउँ पग्लिसकेको पुष्टि गर्दै हिउँ पगाली उक्त स्थान सफा गर्न १८ करोड ८० लाख पाउन्ड नुन प्रयोग गरिएको बताए ।
घरबार विहीन तथा विस्थापितलार्ई चिसो तापक्रमसँग जुझ्न मद्दत गर्न सुरक्षात्मक उपाय अपनाइएको छ । नयाँ आश्रय तथा एकाइ घरबार विहीनका लागि खुला हुने र तातो र सुरक्षित आश्रय न्यूयोर्क सहरका पाँच वटा स्थानमा मानिसका लागि खुला रहने जनाइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५


