शनिबार, ३१ जनवरी, २०२६
13:59 | १९:४४

अमेरिकाले इजरायल र साउदी अरबलाई ठूलो परिमाणमा हतियार बेच्ने

रासस/एपी जनवरी ३१, २०२६

फाइल तस्विर

वासिङटन, माघ १७ गते । संयुक्त राज्य अमेरिकाले इजरायल र साउदी अरबलाई ठूलो परिमाणमा हतियार बिक्री स्वीकृत गरेको छ । ट्रम्प प्रशासनले इजरायलका लागि ६ अर्ब ६७ करोड अमेरिकी डलर र साउदी अरबका लागि नौ अर्ब अमेरिकी डलर बराबरको हतियार सम्झौता अनुमोदन गरेको छ ।

अमेरिकाले साउदी अरबलाई ७३० वटा पैट्रियट मिसाइल र सम्बन्धित उपकरण दिनेछ, जसले क्षेत्रीय हवाई र मिसाइल रक्षा क्षमता बढाउने छ । इजरायलले बख्तरबन्द, ३० वटा ‘एपाच’ हेलिकोप्टर र तीन हजार २५० हल्का ट्याक्टिकल वाहन खरिद गर्ने छन् । एपाच हेलिकोप्टर र उपकरणको लागत तीन अर्ब ८० करोड अमेरिकी डलर र हल्का ट्याक्टिकल वाहनको लागत एक अर्ब ९८ करोड अमेरिकी डलर छ ।

अमेरिकी प्रशासनले यी बिक्रीले क्षेत्रीय सैन्य सन्तुलनमा प्रतिकुल असर नपर्ने र दुबै देशलाई आफ्नो सीमा र जनसङ्ख्या केन्द्रको सुरक्षा सुनिश्चित गर्न सहयोग पुग्ने भनेका छन् । यद्यपि केही अमेरिकी नेताले यस सम्झौता अघि बढाइएको आरोप लगाएका छन् । यो निर्णय मध्यपूर्वमा बढ्दो तनाव र सम्भावित सैन्य गतिविधिसँग सम्बन्धित रूपमा आएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू