मंगलबार, २७ जनवरी, २०२६
12:16 | १८:०१

भूमध्यसागरमा डुङ्गा दुर्घटना: जनवरीमा सयौँ आप्रवासी बेपत्ता

रासस/क्युएनए जनवरी २७, २०२६

जेनेभा । संयुक्त राष्ट्रसङ्घको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) ले सन् २०२६ को जनवरीमा मात्र डुङ्गा डुबेका कारण भूमध्यसागरमा सयौं आप्रवासी बेपत्ता भएको जनाएको छ ।

खराब मौसमले खोजी र उद्धार कार्यमा गम्भीर बाधा पुर्‍याएको उल्लेख गर्दै आइओएमले विज्ञप्तिमार्फत दुर्घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।

आइओएमले रिपोर्टको अनुसन्धान गरिरहेको पुष्टि गर्दै सन् २०२६ को पहिलो हप्तामा मात्रै सयौँ मानिस हराएको हुन सक्ने जनाएको छ ।

आइओएमका प्रवक्ता जोर्गे गालिन्डोले दुईवटा जनवरी-२३ मा र एउटा जनवरी २५ मा गरी विगत १० दिनमा तीन वटा डुङ्गा डुबेको रिपोर्ट गरिएको उल्लेख गर्दै दुर्घटनामा १०४ जनाको ज्यान गएको बताए ।

यी डुङ्गा लिबिया र ट्युनिसियाको तटबाट प्रस्थान गरेको आइओएमको अनुमान छ । लगभग ३८० बेपत्ता रहेको अनुमान गर्दै ट्युनिसियाबाट बेपत्ता डुङ्गाको अनुसन्धान गरिरहेको प्रवक्ता अब्देल आजिमलले उल्लेख गरेका छन् ।

आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनको बेपत्ता आप्रवासी परियोजनाका तथ्याङ्क विश्लेषक मिरना अब्देल आजिमले यी व्यक्ति जनवरी १४ देखि २१ को बिचमा डुबेका नौ वटा विभिन्न डुङ्गामा रहेको बताएका छन् ।

आइओएमले अहिलेसम्म जनवरी–२३ को घटनासँग सम्बन्धीत तीन जनाको मृत्यु भएको पुष्टि गर्न सफल भएको उनले बताएका छन् ।

आइओएमले आफ्नो चेतावनी दिंदै मध्य भूमध्यसागरीय आप्रवासन मार्ग विश्वको सबैभन्दा खतरनाक रहेको र गतवर्ष मात्र यसमा एक हजार ३४० जनाको मृत्यु भएको जनाएको छ ।

बेपत्ता आप्रवासी परियोजनाका अनुसार सन् २०१४ देखि भूमध्यसागरमा ३३ हजार भन्दा बढी आप्रवासीको मृत्यु वा बेपत्ता भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू