मंगलबार, २७ जनवरी, २०२६
02:34 | ०८:१९

एनआरएनए महाधिवेशन तयारीबारे परराष्ट्रमन्त्रीलाई अवगत

नेपाली लिङ्क जनवरी २६, २०२६

काठमाडौं । १२औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा गैरआवासीय नेपाली संघले परराष्ट्र मन्त्री बालानन्द शर्मासँग भेटघाट गरेको छ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शर्मालाई मन्त्रालयमा भेटेर १२औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन तयारीका सम्बन्धमा हालसम्म भएका प्रगति विवरण जानकारी गराएको हो ।

एनआरएनए प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शर्मालाई संघको १२औँ महाधिवेशनका लागि मूल आयोजक कमिटी गठनको प्रगतिबारे जिज्ञासा राखेको थियो । सो सम्बन्धमा मन्त्रालयको डायस्पोरा डिभिजनले काम गरिरहेको बताइएको छ ।

एनआरएनए महाधिवेशनका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा नेपाल सरकार उच्चस्तरिय आयोजक समिति गठन गर्ने व्यवस्था छ ।

भेटका अवसरमा उपाध्यक्ष डा हेमराज शर्माले संघको १२औँ महाधिवेशन विशेषतः वृहत एकतापछि आयोजना गर्न लागिएको जानकारी गराएका थिए । उनले परराष्ट्र मन्त्रालयले तयार गरेको गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा मन्त्रालय र संघले मिलेर थप परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याए ।

यस सम्बन्धमा आवश्यक परिमार्जन गर्न मन्त्रालय र संघले सहकार्य गर्न सकिने बताइएको छ ।

उक्त भेटमा कोषाध्यक्ष सुजन थापा, संघका सीइओ राजेन्द्र कुमार राउत लगायतको उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू