बेलायतकी पहिलो एसियाली महिला लर्ड मेयर सूदको निधन


लन्डन । बेलायतको लेस्टर शहर र समग्र देशको राजनीतिक इतिहासमा विशिष्ट पहिचान बनाउन सफल भारतीय मूलकी काउन्सिलर मञ्जुला सूदको ८० वर्षको उमेरमा निधन भएको छ ।
लेस्टर समुदायप्रति समर्पित एक समाजसेवीका रूपमा चिनिने सूद बेलायतकी पहिलो एसियाली महिला लर्ड मेयर हुन्। सन् १९७० मा पीएचडी अध्ययनका लागि भारतबाट लेस्टर आएकी उनले करिब २० वर्ष प्राथमिक विद्यालयमा शिक्षिका भएर काम गरिन् र शहरको शैक्षिक क्षेत्रमा योगदान पुर्याइन् ।
सन् १९९६ अक्टोबरमा उनको राजनीतिक यात्रा सुरु भएको थियो। पति पल सूदको निधनपछि भएको उपनिर्वाचनमा उनी लेस्टरको पहिलो महिला हिन्दू काउन्सिलरका रूपमा निर्वाचित भइन्।
त्यसको लगभग १२ वर्षपछि सन् २००८ मे महिनामा लेस्टर र बेलायत दुवैमा पहिलो एसियाली महिला लर्ड मेयर बनेर उनले ऐतिहासिक सफलता हासिल गरिन्। त्यस समयमा, लेस्टर सहरमा बाहिरबाट आएकी महिलाका लागि यो गर्वको विषय भएको उनले बताएकी थिइन्। लेबर पार्टीको तर्फबाट स्टोनीगेट वार्डको प्रतिनिधित्व गरेकी उनले सहायक मेयरको महत्त्वपूर्ण जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गरेकी थिइन्।
सूदको निधनले लेस्टरको स्थानीय समुदायमा गहिरो शोक छाएको छ। लेस्टर साउथका सांसद शकत आदम मञ्जुला (जो उनकै विद्यार्थी हुन्) ले भनेका छन्, ‘उनको दयालु स्वभाव र कार्यले धेरै मानिसहरूको जीवनमा सकारात्मक प्रभाव पार्न सफल भएको थियो । उनको निधनले यस शहरमा एउटा अपूरणीय क्षति भएको छ ।’
लेस्टर वेस्टकी सांसद लिज केन्डलले पनि श्रद्धाञ्जली अर्पण गर्दै सूदले महिला सशक्तिकरण र विविधतायुक्त समुदायलाई एकताबद्ध गर्न खेलेको भूमिकाको प्रशंसा गरेकी छन्।
त्यस्तै, लेस्टर वेस्टकी लेबर सांसद लिज केन्डलले पनि श्रद्धाञ्जली अर्पण गर्दै सूदले महिला सशक्तिकरण र विविधतायुक्त समुदायहरूलाई एकताबद्ध गर्न खेलेको भूमिकाको उच्च प्रशंसा गरेकी छन्। मञ्जुला सूदको निस्वार्थ सेवा र योगदानले लेस्टरको सामाजिक तथा राजनीतिक इतिहासमा सधैँ एउटा अविष्मरणीय छाप छोडिरहने स्थानीयहरुको बुझाइ छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५




