सिड्नीको बोन्डी बिच गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६



यहूदी समुदायलाई लक्षित गरी गरिएको आक्रमणमा १५ जनाको मृत्यु भएपछि अष्ट्रेलिया शोकमा डुबेको छ। तस्बिर-बियान्का डी मार्ची/एएपी
काठमाडौँ, मङ्सिर २९ गते । सिड्नीको बोन्डी बिचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । न्यू साउथ वेल्स राज्यको प्रहरीले सोमबार बिहान गोलीकाण्डपछि १६ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
प्रहरीको एक विज्ञप्तिमा १४ जनाको घटनास्थलमै र अन्य दुई जनाको अस्पतालमा मृत्यु भएको उल्लेख छ । मारिनेमा एक जना आक्रमणकारी पनि छन् । मृतकहरूको उमेर १० देखि ८७ वर्ष बीचमा छन् । घाइते भएका ४० जनाको अस्पतालमा उपचार भइरहेको छ, जसमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।
प्रहरीले आक्रमणकारी बुबा र छोरा पहिचान गरिएको जनाएको छ । न्यू साउथ वेल्स प्रहरी बलका आयुक्त माल ल्यान्योनले पत्रकार सम्मेलनमा दुई जना कथित बन्दुकधारी ५० वर्षीय पुरुष र उनका २४ वर्षीय छोरा रहेको बताए।
घटनास्थलमै मारिएका ५० वर्षीय व्यक्तिले कानुनी रूपमा ६ वटा बन्दुक बोकेका लाइसेन्स प्राप्त बन्दुकधारी भएको ल्यान्योनले बताए ।
यो १९९६ मा तस्मानिया टापु राज्यको पोर्ट आर्थरमा ३५ जनाको मृत्यु भएपछि अष्ट्रेलियाको सबैभन्दा घातक सामूहिक गोलीकाण्ड हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


