शनिबार, ६ डिसेम्बर, २०२५
क्यानाडामा रोजगारी दर वृद्धि


रासस/सिन्ह्वा
डिसेम्बर ६, २०२५

ओटावा, मङ्सिर २० गते । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको छ । मासिक विवरण अनुसार, रोजगार दर ०.१ प्रतिशत बिन्दुले बढेर ६०.९ प्रतिशत पुगेको छ भने बेरोजगारी दर ०.४ प्रतिशत विन्दुले घटेर ६.५ प्रतिशतमा आएको छ ।
स्वास्थ्य सेवा तथा सामाजिक सहयोग, आवास तथा खाना-पानी सेवा र प्राकृतिक स्रोत क्षेत्रमा रोजगारी वृद्धि देखिएको छ । तर थोक तथा खुद्रा व्यापार सेक्टरमा भने रोजगार घटेको उल्लेख गरिएको छ ।
नोभेम्बरमा ७३.६ प्रतिशत कर्मचारीले आफ्नो रोजगारी सुरक्षित रहेको महसुस गरेका थिए, तर यो अनुपात नोभेम्बर सन् २०२३ को तुलनामा ४.१ प्रतिशत विन्दुले कम रहेको स्टाटिस्टिक्स क्यानाडाले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५



