बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय



लन्डन । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ।
७८ वर्षीया हासिनालाई उनको अनुपस्थितिमै “गत वर्षको जनआन्दोलन दमनकी योजनाकार तथा मुख्य अभियन्ता” को रूपमा अभियोग लगाइएपछि यो फैसला गरिएको हो। ती आन्दोलनहरूमा करिब १,४०० जनाको ज्यान गएको थियो।
भारतमा निर्वासनमा बसेकी हसिनाको अनुपस्थितिमै उनीविरुद्ध मुद्दा चलाइएको थियो।
४५३ पृष्ठको फैसलाको प्रतिलिपि पढ्नुअघि न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारले यो फैसला छ भागमा सुनाइने जानकारी दिए।
बंगलादेश टेलिभिजनले उक्त फैसलाको घोषणा प्रत्यक्ष प्रसारण गरेको थियो ।
बंगलादेशमा प्रतिबन्धित हसिनाको पार्टी आवामी लिगले ढाकास्थित न्यायाधिकरणलाई “कङ्गारु अदालत” भन्दै फैसला अस्वीकार गरेको र आफ्ना समर्थकहरूलाई विरोधमा उत्रिन आह्वान गरेको अलजजीराले जनाएको छ। जसले गर्दा बंगलादेशमा हिंसा भड्किने आशंका बढाएको छ।



