शनिबार, १५ नोभेम्बर, २०२५
13:57 | १९:४२

युक्रेनलाई थप सहयोग प्रदान गर्ने जर्मनीको घोषणा

रासस/सिन्ह्वा नोभेम्बर १५, २०२५

तस्विर- गेट्टी इमेजेज

जर्मनी– जर्मनीले युक्रेनलाई आवश्यक सामग्री र हतियारका लागि १५० करोड युरो थप सहयोग गर्ने योजना बनाएको रक्षामन्त्री बोरिस पिस्टोरियसले बताएका छन् ।

मन्त्री पिस्टोरियसले यो घोषणा अन्य यूरोपेली रक्षा मन्त्रीहरूसँग संयुक्त पत्रकार सम्मेलनमा गरेका हुन् । यसअघि जर्मनीले युक्रेनलाई पाँच सय मिलियन अमेरिकी डलर बराबरको सहयोग गरिसकेको छ ।

बर्लिनले युक्रेनको दीर्घकालीन समर्थनमा प्रतिबद्धता व्यक्त गर्दै, सन् २०२६ मा ११ अर्ब ५० करोड युरोभन्दा बढी सहयोग प्रदान गर्ने योजना रहेको जनाएको छ । जर्मनीको सङ्घीय विदेश कार्यालयका अनुसार, यसअघि करिब ४० अर्ब युरो सैन्य सहायता उपलब्ध गराइसकेको छ ।

गुरुवार जर्मनीका प्रधानमन्त्री फ्रिडरिक मर्जले युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग फोनमार्फत संवेदनशील विषयमा विचारविमर्श गरेका थिए । वार्तामा युक्रेनलाई निरन्तर सहयोग सुनिश्चित गर्नुका साथै भ्रष्टाचार र कानूनी सुधारमा प्रगति गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

त्यसैगरी, युवा यूक्रेनी नागरिकहरू देश छोडेर अन्य देशतर्फ जाने बढ्दो समस्याबारे पनि दुई नेताबीच छलफल भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू