शनिबार, १ नोभेम्बर, २०२५
16:45 | २२:३०

मलेसियामा भ्रष्टाचार विरोधी राष्ट्रव्यापी कारबाहीमा दुई हजार बढी पक्राउ

रासस/सिन्ह्वा अक्टोबर ३१, २०२५

कोलालम्पुर । मलेसियामा गत महिना भ्रष्टाचार विरोधी राष्ट्रव्यापी कारबाहीमा दुई हजार भन्दा बढी सदस्य पक्राउ गरिएको मलेसिया प्रहरीले जनाएको छ ।

बुकित अमन वाणिज्य अपराध अनुसन्धान विभागका निर्देशक रुस्दी इसाले प्रेस ब्रिफिङ्मा सेप्टेम्बर २२ – २८ सम्म एक हजार ३०३ जनालाई पक्राउ गरिएको बताएका छन् । उनका अनुसार अन्य अपरेसनका क्रममा भ्रष्टाचारमा संलग्न ७९० जना पक्राउ परेका थिए ।

अनलाइन माध्यमबाट पैसा प्राप्त गर्न नक्कली खाताहरूको प्रयोग गर्ने व्यावसायिक अपराधहरूविरुद्ध लड्ने उद्देश्यले “राष्ट्रिय स्क्याम रेस्पोन्स सेन्टर” को संयोजनमा अपरेसनहरू सुरु गरिएको रुस्दीले बताए ।

देशभर सञ्चालन भएको “इ–कमर्स” घोटालाको कल सेन्टर सञ्चालनमा प्रत्यक्ष संलग्न भएको आशङ्कामा अन्य ३० जनालाई पक्राउ गरिएको समेत उनले बताए । यस समूहको क्रियाकलापले जनवरी र मे बीचमा १२.८ मिलियन अमेरिकी डलर नोक्सान पुरयाएको जनाइएको छ ।

त्यस्ता क्रियाकलापहरू पछिल्लो समय थप परिष्कृत हुँदै सीमापारसम्म पनि सञ्चालित भइरहेको उनले जनए । जनतालाई अन्य पक्षहरूलाई ब्याङ्क खाता र ब्याङ्क कार्डहरू नदिन सुझाउँदै उनले त्यस्ता सामाग्रीहरू आपराधिक पक्षले गैरकानुनी गतिविधि र मनी लन्ड्रिंगका लागि दुरुपयोग गर्न सक्ने समेत बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू