टी-२० विश्वकपः आज कतारसँग खेल्दै नेपाल



काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया तथा पूर्वी एसिया प्यासिफिक छनोटमा नेपाल आज कतारसँग खेल्दैछ।
ओमान क्रिकेट एकेडेमीमा आज (सोमबार) राति ८:४५ बजेदेखि शुरु हुनेछ।
आइतबार सुपरसिक्सको पहिलो खेलमा यूएईलाई १ रनले पराजित गरेसँगै नेपालको विश्वकप खेल्ने सम्भावना बलियो बनेको छ। सुपरसिक्सको पहिलो खेलमा ओमानसँग पराजित भएको कतारको भने विश्वकप खेल्ने सम्भावना कम हुँदै गएको छ।
नेपाल आफ्नो समूहबाट सबै खेलमा विजयी हुँदै र कतार उपविजेताका रुपमा युएई रहेको समूहबाट सुपरसिक्समा प्रवेश गरेको हो। सुपरसिक्समा नेपालको ४ अंक हुँदा कतार अंकविहीन छ। त्यसअघि आज नै ओमान र यूएई भिड्दैछन्।
नेपालले भने अर्को खेल बुधबार ओमानसँग र अन्तिम खेल शुक्रबार सामोआसँग खेल्नेछ। सुपरसिक्सका शीर्ष तीन टोली अर्को वर्ष भारत र श्रृलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ का लागि छनोट हुनेछन्।
शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी-२० कपमा छनोट हुनेछ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५