आइतबार, ३० अगस्ट, २०२६
नेपाली महिला क्रिकेटमा नयाँ इतिहास: इन्दुले पुर्याइन् एक हजार रन

नेपाली लिङ्क
अक्टोबर ७, २०२५
काठमाडौं–नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने उपलब्धि हासिल गरेकी छन् ।
यससँगै बर्मा यो उपलब्धि हासिल गर्ने पहिली नेपाली महिला क्रिकेटर बनकी छन् ।
इन्दुले टी–२० अन्तर्राष्ट्रिय करिअरमा हालसम्म १,००० भन्दा बढी रन, एक अर्धशतकसहित नेपाली महिला क्रिकेटमा स्थिरता र नेतृत्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेकी छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत इन्दुलाई बधाई दिँदै लेखेको छ, ‘कप्तान इन्दु बर्माको ऐतिहासिक उपलब्धिमा सम्पूर्ण नेपाली क्रिकेट परिवार गर्वित छ।’
महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पछिल्ला वर्षहरूमा उल्लेखनीय सुधार गर्दै आएको छ र इन्दुको प्रदर्शनले टीमको आत्मबल अझै उच्च बनाएको क्रिकेट समीक्षकहरूको भनाइ छ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५



