शुक्रबार, १० अक्टोबर, २०२५
नेपालका बाढी–पहिरो पीडितप्रति पाकिस्तानी प्रधानमन्त्रीले गरे दु:ख व्यक्त



रासस
अक्टोबर ७, २०२५
काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले नेपालमा हालैका बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गरेका छन् ।
प्रधानमन्त्री सरिफले सामाजिक सञ्जाल ‘एक्स ’ मार्फत एक सन्देश जारी गर्दै बाढी–पहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।
‘यस कठिन समयमा पाकिस्तान सरकार र जनता नेपाल सरकार तथा नेपाली जनतासँग एकजुट छन्’- उनले लेखेका छन् ।
नेपालमा गत केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानले ठूलो क्षति पुर्याएको छ। तराईदेखि पहाडी क्षेत्रसम्म सडक, घर, पुल र विजुलीका संरचनाहरूमा व्यापक क्षति पुगेको छ भने सयौं नागरिक विस्थापित भएका छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५