बुधबार, १० सेप्टेम्बर, २०२५
21:04 | ०१:४९

जेन जी आन्दोलनका मृतकको सम्झनामा साउथ अष्ट्रेलियाको माउन्ट ग्याम्बीयरमा शोकसभा

नेपाली लिङ्क सेप्टेम्बर १०, २०२५

अष्ट्रेलिया- साउथ अष्ट्रेलियाको माउन्ट ग्याम्बीयरस्थित भान्सिटार्ट पार्कमा एक शोकसभा गरिएको छ ।

नेपालमा चलेको जेन जी नेतृत्वको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको आत्माको शान्तिको कामना गर्न आयोजित शोकसभामा विभिन्न उमेर समूहका स्थानीय नेपालीहरुको उपस्थिति थियो ।

माउन्ट ग्याम्बीयर नेप्लिज कम्युनिटीका अध्यक्ष ज्ञानेन्द्र पौडेलले शोकसभाको लागि माउन्ट ग्याम्बीयरमा बसोबास गर्ने नेपालीहरु स्वस्फूर्त रुपमा भेला भएको जानकारी दिए ।

अध्यक्ष पौडेलले कर्मका क्रममा विदेशमा रहेपनि नेपालमा परेको शोकले विदेशका नेपालीहरुको मन अमिलो भएको बताउॅदै अहिलेको शोकलाई शक्तिमा बदलेर देशको मुहार फेर्न देश विदेशमा रहेका युवाहरुको सहकार्य अत्यावश्यक रहेको औंल्याए ।

त्यस्तै, संस्थाका महासचिव विवेक न्यौपानेले जेन-जी पुस्ताले ल्याएको राजनीतिक परिवर्तनले नेपालको राजनीतिक आन्दोलनले नयाँ कोर्स लिएको बताए। अब देशले विकासको फड्को मार्ने आशा उनले व्यक्त गरे ।

सभामा उपस्थितहरुले मैनबत्ती बालेर मृतआत्माहरुको चीर शान्तिको कामना गरेका थिए । सहभागीहरु नेपालको झण्डा लिएर भेला भएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू