बिहीबार, २३ अक्टोबर, २०२५
चीन ओर्लिए लगत्तै प्रधानमन्त्री ओलीले भेटे राष्ट्रपति



नेपाली लिङ्क
अगस्ट ३०, २०२५
बेइजिङ, भदौ १४ गते । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिन फिङबीच भेटवार्ता भएको छ ।
शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन शनिबार जनवादी गणतन्त्र चीनको थियानजिन शहर आइपुगेका ओलीले आजै चिनिया राष्ट्रपतिसंग भेटवार्ता गरेका हुन् ।
मित्रराष्ट्र चीनका राष्ट्रपति सीको मैत्रीपूर्ण निमन्त्रणामा २६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यहाँ आइपुगेका हुन् ।
प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो ३ः१५ बजे हिमालय एयरलाइन्सको विशेष विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए ।
उनलाई थियानजिन विनहाइ अन्तरराष्ट्रिय विमानस्थलमा चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत छन सङ,चीनको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरे ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५