आइतबार, १० अगस्ट, २०२५
11:21 | १६:०६

साउदी अरबमा अन्तर्राष्ट्रिय धादिङ समाजको १९औँ शाखा विस्तार

नेपाली लिङ्क अगस्ट ७, २०२५

लन्डन । अन्तर्राष्ट्रिय धादिङ समाजले साउदी अरबमा आफ्नो १९औँ शाखा विस्तार गरेको छ।

विभिन्न देशमा शाखा विस्तार गर्ने क्रममा साउदी अरबमा बसोबास गर्दै आएका समाजसेवी तथा सामाजिक अभियन्ता सरोज थापालाई संयोजकको जिम्मेवारी दिइएको छ ।

‘प्रवासीहरूको संगठित अभियान, समृद्ध धादिङ हाम्रो स्वाभिमान’ भन्ने मूल नारासहित अन्तर्राष्ट्रिय धादिङ समाजले विश्वभरि रहेका धादिङे समुदायलाई एकताबद्ध गर्न धादिङ समाज राष्ट्रिय समन्वय परिषद् विस्तार गर्दै आएको छ।

त्रिपुरासुन्दरी गाउँपालिका स्थायी घर भई लामो समयदेखि साउदी अरबमा बसोबास गर्दै आएका संयोजक थापाले प्रवासी धादिङेहरूलाई संगठित र सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल र महासचिव बाबु काजी भण्डारीले संयोजक थापालाई बधाई दिँदै साउदी अरब शाखा स्थापनाले संस्थाको अन्तर्राष्ट्रिय सञ्जाल अझ सबल र मजबुत हुने विश्वास व्यक्त गरेका छन्।

हालसम्म अन्तर्राष्ट्रिय धादिङ समाजको शाखा १९ देशमा विस्तार भइसकेको छ। अध्यक्ष खकुरालका अनुसार, संसारभर छरिएर रहेका धादिङे समुदायलाई एउटै साझा चौतारीमा ल्याउने र आपसी सहयोग, संस्कृति संरक्षण तथा विकासका लागि संस्थाको गठन र विस्तार गर्ने दीर्घकालीन लक्ष्य छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू