बुधबार, ६ अगस्ट, २०२५
15:17 | २०:०२

भूपरिवेष्टित मुलुकका लागि ‘कनेक्टिभिटी’ नै न्याय: प्रधानमन्त्री ओली

रासस अगस्ट ५, २०२५

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित मुलुकका लागि ‘कनेक्टिभिटी’ नै न्याय भएको बताएका छन् ।

तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको ‘व्यापार तथा यातायात सम्पर्क विस्तारमार्फत क्षेत्रीय सुरक्षा र सहयोगको प्रवद्र्धन’ विषयक ‘साइड इभेन्ट’ मा प्रधानमन्त्री ओलीले भूपरिवेष्टित राष्ट्रहरू विकल्पले नभई बाध्यताले अलग हुन विवश भएको बताए ।

“तटीय राष्ट्रहरूसँग यसको कुञ्जी छ–सम्पर्क सञ्जाल खोल्नु उनीहरूको कर्तव्य हो”, उनले भने, “यो अनुग्रह होइन । अवरोधलाई नवप्रवर्तनमा बदलौँ, यसलाई साझा समृद्धिको इञ्जिन बनाऔँ भन्ने आह्वान हो ।”

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू