बिहीबार, २३ अक्टोबर, २०२५
23:18 | ०४:०३

प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानमा

रासस अगस्ट ५, २०२५

तुर्कमेनिस्तान– प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि सोमबार तुर्कमेनिस्तान आइपुगेका छन् ।

प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समय अनुसार दिउँसो १४.३० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तुर्कमेनिस्तानको आवाजा सहर आइपुगेका हुन् ।

उनलाई तुर्कमेनिस्तानबासी अन्तर्राष्ट्रिय विमानस्थलमा तुर्कमेनिस्तान सरकार (मन्त्रीपरिषद्) का उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारादोभ, संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, न्यूयोर्कका आवासीय प्रतिनिधि लोकबहादुर थापा लगायतले स्वागत गरे ।

यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) आवाजा सहरमा आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली यहाँ आएका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू