बुधबार, ९ जुलाइ, २०२५
09:02 | १३:४७

लन्डनमा ह्याम्पसायर हुपर्सले जित्यो चौंथो ए स्टार नेपलिज बास्केटबल लिग

नेपाली लिङ्क जुलाइ ८, २०२५

लन्डन— लन्डनमा आयोजित चौंथो ए स्टार नेपलिज बास्केटबल लिग २०२५ को उपाधि ह्याम्पसायर हुपर्सले जितेको छ ।

नेपलिज बास्केटबल यूकेको आयोजनामा ५ जुलाई शनिबार ब्रुनेल युनिभर्सिटी स्पोट्र्स सेन्टरमा सम्पन्न फाइनल खेलमा ह्याम्पसायर हुपर्सले ग्रीनफोर्ड नाइट्सलाई पराजित गर्दै उपाधि जितेको हो ।

ह्याम्पसायर हुपर्स ७८ प्वाइन्टसहित च्याम्पियन बन्दा ग्रीनफोर्ड नाइट्सले ७४ प्वाइन्ट ल्यायो । विजेता टिमले १२०० पाउण्ड नगद, ट्रफी, टिसर्ट र बिफेष्ट महोत्सवको १० वटा टिकट पनि प्राप्त गरेको छ ।

११ टिमले प्रतिष्पर्धा गरेको उक्त लिग १६ मार्च २०२५ मा शुरु भएको थियो ।

नेपलिज बास्केटबल यूकेका हेड अफ पब्लिक रिलेसन्स् अंकित क्षेत्रीका अनुसार, सोही दिन खेलाइएको एक्जिबिसन म्याच महिलातर्फ वुमन्स् बलर्स क्लव र नेट निन्जाजबीच भएको खेलमा वुमन्स् बलर्स क्लव विजेता बन्यो । विजेता टिमलाई रुबी राउतको उका वेयरले गिफ्ट ह्याम्पर प्रदान गरेको थियो ।

पूर्व बास्केटबल प्लेयर्सहरुको एक्जिबिसन म्याच पनि गरिएको थियो । जसअन्तर्गत जोन राई र मन्नु राईको टिमबीच प्रतिष्पर्धा हुंदा जोन राईको टिम विजेता बन्यो । सबै खेलाडीले बल ड्रिभनका तर्फबाट बास्केटबल सक्स् उपहार पाए ।

प्रतियोगितामा लिग मोष्ट भ्यालुएबल प्लेयर्स (एमभीपी) रबि राई (कोलचेस्टर एलिट्स) ले बास्केटबल जुत्ता र नेपथ्य कन्सर्ट टिकट प्राप्त गरे । योङ प्लेयर अफ द इयर बलर्स स्ल्यामर्सका आयुस गुरुङ, कोच अफ दि इयर ग्रीनफोर्ड नाइट्सका सार्थक गुरुङ र डिफेन्सिभ प्लेयर अफ द इयर उपाधि ग्रीनफोर्ड नाइट्सकै निकोलाले पाए । उनीहरुलाई ट्रफी दिइएको थियो ।

फाइनल एमभीपीले ९ अगस्टमा बीएसके इन्टरटेनमेन्टले गर्न लागेको नेपथ्य कन्सर्टका २ टिकट र ३० अगस्टमा हुने लाउड आउट म्यूजिक फेस्टिभलको एउटा टिकट जितेका छन्।

लिग एमभीपीले लाउड आउटको एउटा टिकट र बास्केटबल जुत्ता प्राप्त गरेका आयोजकले जनाए ।

कार्यक्रममा काउन्सिलर विष्णु गुरुङ, इंगलिस ओपन मार्सल आर्टस च्याम्पियनसीपकी गोल्ड मेडलिष्ट सरिना घले, विकास नेपाल (नेपाल फुड्स), सन्तोष राई (नेपाल रन), मिलन थापा (मिस मगर नेपाल २०२२) लगायत अतिथिहरू उपस्थित थिए ।

लिगको टाइटिल स्पोन्सर ए स्टार फाइनान्सियल सोलुसन्स यूके थियो भने नेपलिज सेन्टर हेज, नेपाल फुड्स, नमस्ते गोर्खा, बिएसके इन्टरटेनमेन्ट, बल ड्रिभन, फोर्स क्रिएटिभ लगायतले पनि प्रायोजन गरेका थिए ।

यस लिगले यूकेमा नेपाली समुदायका खेलाडीलाई एकतावद्ध गर्दै बास्केटबल खेल विकासलाई अझै बढावा दिएको सहभागीको प्रतिक्रिया छ ।

फाइनल खेलमा सृजना गुरुङले होस्ट गरेकी थिइन् भने डिजे थिए सिजन । जोन एन द लोकल्स्, श्रीगो एण्ड बी टुले मनोरन्जन प्रदान गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू