सोमबार, असार ९, २०८२
22:12 | ०२:५७

एनआरएनए यूके सदस्यता डेडलाइन बुधबार, हालसम्म कति आए आवेदन ?

नेपाली लिङ्क जुन २२, २०२५

लन्डन- गैरआवासीय नेपाली संघ एनआरएनए यूकेको नयाँ सदस्यता लिने तथा नवीकरण गर्ने म्याद आउँदो बुधबार २५ जुनमा सकिंदैछ ।

शनिबारसम्म संघको सदस्यताका लागि १ हजार २ सय ५० जनाको आवेदन प्राप्त भएको सदस्यता वितरण अभियानका संयोजकसमेत रहेका एनआरएनए यूके उपाध्यक्ष मनिष खत्रीले जानकारी दिए ।

‘हालसम्म १ हजार सदस्यता स्वीकृत भइसकेका छन् । बाँकी २ सय ५० आवेदन प्रमाणिकरणको प्रक्रियामा छन्’, उपाध्यक्ष खत्रीले भने ।

हालसम्म प्राप्त आवेदनहरुमध्ये सबैभन्दा बढी स्कल्यान्डबाट छन् । स्कटल्यान्डबाट ७ सय जनाले सदस्यता आवेदन गरेका छन् ।

अहिलेसम्म प्राप्त सदस्यता आवेदन विगतको तुलनामा निकै न्यून हो । तर धेरैले डेडलाइन सकिने बेला आवेदन गर्ने ट्रेन्ड रहेकाले बाँकी केही दिनभित्र सदस्यता आवेदन संख्या उल्लेख्य बढ्ने आशा गरिएको छ ।

एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङले बेलायतवासी सबै नेपालीहरुलाई संघको सदस्यता लिन आव्हान गरेका छन्।

एनआरएनए यूके सदस्यता आइसीसीको एमआइएस सिस्टमबाट लिन सकिन्छ । आइओएस तथा एन्ड्रोयड स्मार्ट फोनमा स्मार्ट एनआरएनए एप डाउनलोड गरि सदस्य बन्न सकिनेछ । स्मार्ट एनआरएनए एपमार्फत सदस्यता शुल्क तिरेको प्रमाण राखे पञ्चात सदस्यता तत्कालै स्वीकृत हुने पनि जनाइएको छ ।

एमआइएस प्रणालीमार्फत सदस्यता लिने अन्तिम मिति २५ जुन, २०२५, राती ११ः५९ सम्म छ ।

एनआरएनए यूके निर्वाचन अनलाइनमार्फत २६ जुलाई र राष्ट्रिय महाधिवेशन २७ जुलाई, २०२५ मा तय छ ।

एनआरएनए यूके सदस्यता लिने लिंक:

एप्पल/ आइओएसबाट सदस्यता लिन यहाँ क्लिक गर्नुहोस्।

एण्ड्रोइड/ गुगल प्लेबाट सदस्यता लिन यहाँ क्लिक गर्नुहोस्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू