लन्डनमा दोश्रो इन्फा अवार्ड सेप्टेम्बर १३ मा, मनोनयन सूची सार्वजनिक



आयोजक टिम बायांबाट क्रमशः आशिष पन्त, उमेशराज मोक्तान, टंक भट्टराई र राज पाण्डे
लन्डन । लन्डनमा दोश्रो इन्टरनेशनल नेपाली फिल्म अवार्ड (इन्फा यूके २०२५) को तयारी शुरु भएको छ ।
इन्फा इभेन्ट्स यूकेले आउंदो सेप्टेम्बर १३ तारिख शनिबार लन्डनस्थित ग्रीनफोर्ड टाउन हलमा कार्यक्रम गर्न लागेको हो।
विदेशमा नेपाली चलचित्रको श्रीवृद्वि तथा अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यसहित दोश्रो पटक लन्डनमा अवार्ड कार्यक्रम गर्न लागिएको इभेन्ट प्रमुख संयोजक उमेशराज मोक्तानले जनाए । उनले तयारी शुरु भइसकेको पनि बताए ।
गौरी मल्ल, रमेश बुढाथोकी र करुण थापा रहेको तीन सदस्यीय निर्णायक (जुरी) टिमले अवार्डस मनोनयन सूची समेत सार्वजनिक गरेको छ । करिब डेढ महिना लगाएर ०८१ सालभित्र बनेका नेपाली फिल्महरु हेरेर मनोनयन सूची सार्वजनिक गरिएको हो ।
वेष्ट मूभी, वेष्ट डिरेक्टर, वेष्ट लिड एक्टर, वेष्ट लिड एक्ट्रेस, वेष्ट स्क्रीनप्ले राइटर, वेष्ट एडिटर, वेष्ट सिनेमाटोग्राफी, वेष्ट म्यूजिक कम्पोजर, वेष्ट सिंगर (मेल), वेष्ट सिंगर (फिमेल), वेष्ट नेगेटिभ एक्टर, वेष्ट एक्सन डिरेक्टर, वेष्ट डेब्यू एक्टर, वेष्ट डेब्यू एक्ट्रेस, वेष्ट सर्पोटिङ एक्टर, वेष्ट सर्पोटिङ एक्ट्रेस, वेष्ट कोरियोग्राफी, पपुलर अवार्ड फर एक्टर, पपुलर अवार्ड फर एक्ट्रेस, जुरी अवार्ड फर मूभी, जुरी अवार्ड फर एक्टर, जुरी अवार्ड फर एक्ट्रेस, पिपुल्स् च्वाइस अवार्ड फर एक्टर, पिपुल्स् च्वाइस अवार्ड फर एक्ट्रेस, वेष्ट परफर्मर अफ द इयर र लाइफ टाइम अचिभमेन्ट अवार्ड गरि २६ विद्यामा अवार्ड प्रदान गरिने आयोजकले जनाएका छन् ।
हेरौं मनोनयन सूचीः
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५