शुक्रबार, जेठ १०, २०८२
23:55 | ०४:४०

श्रेष्ठ नेतृत्वको एनआरएनए कार्यसमितिबारे परराष्ट्रले नेपाली दूतावासलाई पठायो ‘सर्कुलर’

नेपाली लिङ्क मे २२, २०२५

लन्डन —परराष्ट्र मन्त्रालयले महेशकुमार श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघको नयाँ कार्यसमितिबारे विदेशस्थित नेपाली राजदूतावासहरुलाई ‘सर्कुलर’ पठाएको छ ।  

मन्त्रालयले बिहीबार पठाएको सर्कुलरमा सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाविधेशनले महेश श्रेष्ठको नेतृत्वको पूरै कार्यसमिति निर्विरोध निर्वाचित भएको अवगत गराइएको छ। 

उच्चस्तरीय समितिले मे ३ देखि ४ तारिखसम्म काठमाडौंमा एकता महाधिवेशन गरि नयाँ कार्यसमिति चयन गरेको थियो ।


यसैबीच श्रेष्ठ नेतृत्वको एनआरएनएका प्रवक्ता गंगाधर गौतमले निर्वाचित कार्यसमितिले आधिकारिक रूपमा आफ्ना गतिविधिहरू सञ्चालन गरिसकेको भन्दै संसारभरका एनसीसीलाई कुनै पनि भ्रममा नपर्न आग्रह गरेका छन् ।  

‘श्रेष्ठ नेतृत्वको एनआरएनएसँग सहकार्य गर्नका लागि संसारभरका कूटनीतिक नियोगलाई परराष्ट्र मन्त्रालयले पत्राचार गरेकोमा माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, सचिव अमृतकुमार राईसहितलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु’, प्रवक्ता गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संसारभरका एनसीसीहरुलाई कुनै पनि भ्रममा नपर्न आग्रह गर्दै आइसीसीसँग समन्वय गरेर संस्थागत हितका लागि काम गर्न अनुरोध पनि गर्दछौं ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू