साउथ इष्ट रिजनल तमुधिं लन्डनको नयां नेतृत्वमा शिवराम गुरुङ (बीइएम)


लन्डन । साउथ इष्ट रिजनल तमुधिं लन्डनको शनिबार सम्पन्न २३ औं वार्षिक साधरणसभा तथा १० औं अधिवेशन कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।
अधिवेशनले वरिष्ठ समाजसेवी शिवराम गुरुङ (बीइएम) को अध्यक्षतामा ११ औं कार्यसमिति चयन गरेको हो ।
संस्थाको उपाध्यक्षहरुमा मिना गुरुङ (महिला) र याम गुरुङ, सचिव कमल गुरुङ, सहसचिव सुशील गुरुङ, कोषाध्यक्षमा दिक्पाल गुरुङ, सहकोषाध्यक्ष दिता गुरुङ चयन भएका छन् ।
त्यसैगरि, सदस्यहरुमा पानबहादुर गुरुङ, नन्दराज गुरुङ, प्रेमबहादुर गुरुङ, याम गुरुङ (पुष्पा), सर्जु गुरुङ, खड्कबहादुर गुरुङ, मनिता घले, टिक शुभ गुरुङ, रुपमाया गुरुङ, रन्जु घोताने, चिज गुरुङ, भिमकुमारी गुरुङ, लक्ष्मी गुरुङ र सविता गुरुङ चयन भए ।
निर्वाचन प्रमुख आयुक्त योगेश गुरुङले नवनिर्वाचित कार्यसमितिको नाम घोषणा गरेका थिए भने सदस्यसचिव एवं पूर्व अध्यक्ष हरि गोविन्द गुरुङले शपथ ग्रहण गराएका थिए ।
योगेश गुरुङ प्रमुख रहेको निर्वाचन समितिमा पूर्व अध्यक्ष हरि गोविन्द गुरुङ सचिव र सल्लाहकार जगदिश गुरुङ सदस्य थिए।
प्रमुख आयुक्त गुरुङले आफूहरुलाई नयांकार्यसमिति चयनको महत्वपूर्ण जिम्मेवारी दिएकामा १० औं कार्यसमितिप्रति आभार व्यक्त गरे ।
यसअघि निवर्तमान अध्यक्ष प्रेम कुमार गुरुङको सभापतित्वमा भएको वार्षिक साधारणसभाले आर्थिक र वार्षिक प्रतिवेदन पारित गरेको थियो । सचिव कमल गुरुङले पेश गरेको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष सुवास गुरुङको आर्थिक प्रतिवेदन छलफलपछि पारित गरिएको थियो।
त्यस्तै, सभामा विधान समिति संयोजक सल्लाहकार सुमल कुमार गुरुङले प्रस्तुत गरेको विधान संशोधनसम्बन्धी प्रस्तावमा पनि छलफल गरिएको थियो । कार्यक्रम सचिव कमल गुरुङले संचालन गरेका थिए ।
सो अवसरमा श्रीचन्द्र गुरुङ, ह्यारी गुरुङसहित सबै पूर्व अध्यक्ष तथा सल्लाहकार मोहन गुरुङ लगायतले शुभकामना मन्तव्य दिएका थिए ।