आइतबार, ३० अगस्ट, २०२६
02:11 | ०६:५६

स्कटल्यान्डमा हुने विश्वकप लिग–२ सिरिजका लागि नेपाली टोली घोषणा

नेपाली लिङ्क मे १०, २०२५

लन्डन । स्कटल्यान्डमा हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ मा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ ।

टोलीको कप्तानमा ब्याटर रोहितकुमार पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ ।

यस्तै, ओपनिङ ब्याटर आसिफ शेख विकेटकिपरको भूमिकामा रहनेछन्। शीर्ष क्रममा कुशल भुर्तेल र अनिल साह ब्याटरको रुपमा छन्। यस्तै मध्यक्रममा आरिफ शेख र भीम सार्की छन्। अलराउन्डरको रुपमा बसिर अहमद र गुलशन झा छन्। ललितनारायण राजवंशी र सन्दीप लामिछाने स्पिनरको रुपमा रहंदा सोमपाल कामी, करण केसी, रिजन ढकाल र नन्दन यादव गरी चार जना तीव्र गतिका बलर छन्।

यस्तो छ नेपाली टोली

रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप–कप्तान), आसिफ सेख (विकेट किपर), कुशल भुर्तेल, अनिल साह, आरिफ सेख, भीम सार्की, बसिर अहमद, गुलशन झा, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, नन्दन यादव, कारण केसी र रिजन ढकाल छानिएका छन् ।

विश्वकप लिग–२ लगत्तै स्कल्याण्डमै हुने टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि ३ खेलाडी छनोट भएका छन् । टी–२० टोलीमा मात्र रहेका तीन खेलाडी रुपेश कुमार सिंह, लोकेस बम र किरण ठगुन्ना छन् ।

छनोट भएका खेलाडीहरूले प्रतिस्थापन गर्ने खेलाडीहरूको नामावली लिग–२ को खेलहरू समापन भएसँगै सार्वजनिक गरिनेछ।

सेतोपाटीका अनुसार, नेपाली टोलीले वैशाख ३१ देखि जेठ १२ गतेसम्म इंग्ल्यान्डमा अभ्यासका क्रममा स्थानीय क्रिकेट क्लब र एमसिसीसँग अभ्यास खेलसँगै ट्रेनिङ क्याम्पमा समेत सहभागिता जनाउनेछ । त्यसपछि स्कटल्यान्ड गएपछि नेपालले त्यहाँ स्कटल्यान्ड ए टोलीसँग दुई वटा अभ्यास खेल्नेछ ।

नेपालले लिग–२ अघि कुल ६ वटा अभ्यास खेल खेल्ने कार्यक्रम छ । लिग–२ मा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक सिरिज खेलेपछि यिनै टोलीसँग टी–२० सिरिज पनि खेल्नेछ । लिग–२ को खेल जेठ १९ देखि हुनेछ भने टी–२० सिरिज असार २ देखि सुरु हुनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू