बेलायतमा ब्याजको आधार दर २ वर्षयताकै न्यून


लन्डन- बैंक अफ इंग्ल्यान्डले ब्याजको आधार दर अर्थात् बेसिक इन्ट्रेस्ट रेट घटाएको छ ।
यसअघि ४ दशमलव ५ प्रतिशत रहेको ब्याजको आधार दर शून्य दशमलव २५ प्रतिशतले घटाएर ४ दशमलव २५ प्रतिशतमा झारिएको छ ।
बिहीबार बसेको बैंक अफ इंल्यान्डको ‘मनिटरी पोलिसी कमिटी’ को नियमित बैठकले मुद्रास्फिति ओरालो लाग्दै गरेको आधारमा ब्याजदर घटाउने निर्णय लिएको जनाइएको छ ।
४ दशमलव २५ प्रतिशत ब्याजको नयाँ आधार दर पछिल्लो दुई वर्ष यताकै सबैभन्दा न्यून दर हो । एक वर्षमा चौंथोपटक दर घटाइएको छ ।
ब्याजको आधार दर घटेसंगै यसले लाखौं बेलायतीहरुको आर्थिक जीवनमा प्रत्यक्ष असर पार्नेछ । बैंक अफ इंल्ग्यान्डले तोकेको दरलाई नै आधार बनाएर हाई स्ट्रिट बैंकहरुले आफ्नो ब्याजदर निर्धारण गर्ने गर्छन्।
ब्याजदर घट्दा बैंकहरुबाट ऋण वा प्रपर्टीको मोर्गेज लिंदा राहत मिल्ने भएको छ। तर, अर्कोतिर बचतकर्ताहरुले भने बैंकबाट प्राप्त गर्ने दर पनि घट्ने भएको छ ।
ब्याजदरको यो गिरावटले निश्चित अवधिका लागि ‘फिक्सड रेट’ मा लिइएको मोर्गेजमा तत्काल कुनै असर गर्ने छैन । तर ‘भेरियबल रेट’ मा लिइएको मोर्गेजमा भने तत्काल परिवर्तित घटेको दर लागू हुनेछ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५