आइतबार, १५ फ्रेब्रवरी, २०२६
07:14 | १२:५९

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा शुभकामना कार्यक्रम

नेपाली लिङ्क अप्रिल २७, २०२५

अमेरिका – जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना कार्यक्रम आयोजना गरेको छ।

संस्थाले शनिबार टेक्ससको डालसमा कार्यक्रम गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै फाउन्डेशनका अध्यक्ष डा. यादव पण्डितले मानवअधिकार, वाक स्वतन्त्रता तथा प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्नेहरूको नेटवर्कमार्फत आफू रहेको समुदाय र नेपालको विकासमा समेत सहभागिता बढाउने उद्देश्यले फाउन्डेसनको स्थापना गरिएको जनाए।

उनले संस्थाले विश्व भरिका युवाहरूको सञ्जाल “ग्लोबल युथ नेटवर्क “, महिलाहरूको “ग्लोबल वुमन नेटवर्क ” सञ्चारकर्मीहरूको “ग्लोबल मिडिया नेटवर्क”, विज्ञहरूको “ग्लोबल नलेज नेटवर्क ” र खेलाडीहरूको “ग्लोबल स्पोर्ट नेटवर्क ” मार्फत विभिन्न कार्यक्रम आयोजना गरिरहेको तथा अमेरिका र अन्य देशमा गरेर फाउन्डेसनका ३८ च्याप्टर घोषणा भैसकेको बताए ।

डा. पण्डितले प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्ने नेपालीहरूको साझा भावनाबाट आफू रहेको समुदाय र नेपालको विकासमा टेवा पुर्‍याउने उद्देश्यले संस्था स्थापना भएको हुँदा सबैलाई यस उद्देश्य पूर्तिको लागि हातेमालो गर्दै अगाडि बढ्न संस्थामा जोडिन आव्हान पनि गरे ।

सदस्यता लिन संस्थाको वेबपेजमा आफ्नो विवरण भरेर लिन सकिने व्यवस्था रहेको उनले बताए ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति (नेजसस) अमेरिकाका उपाध्यक्ष भगवान मैनाली, नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारी, नेजसस डालसका सभापति ज्ञानेन्द्र कार्की, गैर आवासीय नेपाली संघ अमेरिकाका महासचिव रामहरि अधिकारी, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, नेपाली समाज टेक्ससका पूर्व महासचिव दिनेश शर्मा लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरका अध्यक्ष रमेश अधिकारीको सभापतित्वमा भएको कार्यक्रम संचालन सचिव टंक अधिकारीले गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू