बिहीबार, १ अक्टोबर, २०२६
00:09 | ०४:५४

प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोड बढी

नेपाली लिङ्क सेप्टेम्बर ३०, २०२६

काठमाडौँ, असोज १४ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार कोषमा हालसम्म मौज्दात रकम १६ अर्ब १५ करोड ५५ लाख ३३ हजार ४६८ रुपियाँ पुगेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मैज्दात १२ अर्ब ५ लाख ९९ हजार ७२९ रुपियाँ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा २ करोड ७१ लाख ६ हजार ८२२ अमेरिकी डलर पुगेको छ ।

सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि एक अर्ब रुपियाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू