आइतबार, ३० अगस्ट, २०२६
09:53 | १४:३८

भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७३५ पुग्यो

नेपाली लिङ्क अगस्ट ३०, २०२६

काठमाडौँ। रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७३५ पुगेको छ । प्रहरीले आइतबार बिहान ११ बजेसम्मको उक्त विवरण सार्वजनिक गर्दै हालसम्म दुई हजार ७१५ जनाको उद्धार गरिएको जनाएको छ ।

विभिन्न जिल्लाबाट ७३५ जनाको शव फेला परेको जनाउँदै प्रहरीले रसुवामा १३, धादिङमा ५०, तनहुँमा ३७, नुवाकोटमा ५२, गोरखामा ५८, चितवनमा २५९, नवलपरासी पूर्वमा १८५ र नवलपरासी पश्चिममा ८२ जनाको शव फेला परेको बताएको छ ।

सुरक्षाकर्मीले रसुवाका ६९२, नुवाकोटका दुई हजार २० र धादिङका तीन जनालाई उद्धार गरेका छन् भने काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराएर १६० जना घर फर्केका छन् ।

यसैबीच, बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ८४ जना कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

यसैबीच, प्रहरीले नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बलका १३ जना सम्पर्कविहीन भएका जनाएको छ । अहिले राहत तथा उद्दारमा ७ हजार २ सय ९३ प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू