बिहीबार, २७ अगस्ट, २०२६
15:06 | १९:५१

भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म २५८ जनाको मृत्यु

रासस अगस्ट २७, २०२६

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म २५८ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा दुई, नुवाकोटमा १२, धादिङमा २७, गोरखामा २०, चितवनमा १०८, तनहुँमा १२, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ ।

प्राधिकरणका अनुसार हाल १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमध्ये नेपाल प्रहरी सात हजार २५०, नेपाली सेना चार हजार २०० र सशस्त्र प्रहरी बल नेपालका एक हजार ८४५ उद्धार, खोज र राहतमा परिचालन गरिएको छ । आज उद्धारका लागि ६९ हेलिकप्टरको उडानमार्फत ३५१ जनाको उद्धार भइसकेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार हाल ९१० जना सम्पर्कविहीन छन् । जसमध्ये नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका चार, रसुवाका १६१, नुवाकोटका एक जना छन् । साथै विदेशी नागरिक ५१७ जना र नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक १२७ जना सम्पर्कमा छैनन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू