शुक्रबार, ४ सेप्टेम्बर, २०२६
18:46 | २३:३१

लिबियाको जावियामा हिंसात्मक झडप

सिन्ह्वा/रासस अगस्ट १२, २०२६

त्रिपोली (लिबिया), साउन २७ गते । संयुक्त राष्ट्र सहायता मिसन (युएनएसएमआईएल) ले लिबियाको पश्चिमी शहर जावियामा भएको झडप तत्काल रोक्न र हिंसाका लागि जिम्मेवार व्यक्तिले जवाफदेहीता अपनाउन आह्वान गरेको छ ।

एक विज्ञप्तिमा मिसनले जावियामा चलिरहेको झडप र सोर्मन सहरमा लडाइँको निन्दा गर्दै सम्बन्धित सबै पक्षलाई शत्रुता अन्त्य गर्न र तनाव बढाउन सक्ने कुनै पनि उत्तेजक कार्यबाट टाढा रहन आग्रह गरेको छ । विज्ञप्तिमा उक्त झडपले सर्वसाधारणलाई जोखिममा पारेको उल्लेख गर्दै लडाइँको क्रममा निर्दोश नागरिकको मृत्यु भएको र कयौँ घाइते भएको जनाइएको छ ।

साथै निजी तथा सार्वजनिक सम्पत्तिलगायत महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको जनाइएको छ । मिसनले सार्वजनिक सुरक्षामा चिन्ता व्यक्त गर्दै सोरमानमा भएको झडपले धेरै कैदी भाग्न सक्ने अवस्था पनि निम्त्यायो उल्लेख गरेको छ ।

मिसनले सबै पक्षलाई अन्तर्राष्ट्रिय मानवीय कानून र अन्तर्राष्ट्रिय मानव अधिकार कानूनको पालना गर्न आग्रह गर्दै मानव वसोवास भएका क्षेत्रमा वा नजिकै हतियारको प्रयोग अस्वीकार्य भएको कुरामा जोड दिएको छ ।

यसले लिबियाका अधिकारीलाई मानव वसोवास भएका क्षेत्रबाट हतियार फिर्ता लिन, सहमती गर्ने प्रयासलाई समर्थन गर्न, थप हिंसा रोक्न, र नागरिकका र महत्त्वपूर्ण पूर्वाधारको रक्षा गर्न एक समन्वित संयन्त्र स्थापना गर्न पनि आह्वान गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू