मंगलबार, ७ जुलाइ, २०२६
20:55 | ०१:४०

२ गोलले पछि परेको अर्जेन्टिना शानदार पुनरागमन गर्दै क्वाटरफाइनलमा

नेपाली लिङ्क जुलाइ ७, २०२६

काठमाडौं- इजिप्टविरुद्धको खेलमा ७९ औं मिनेटसम्म २ गोलले पछि परेको साविक विजेता अर्जेन्टिना शानदार पुनरागमन गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ ।

हारको नजिक पुगेको खेलमा अन्ततः ३-२ को नतिजा निकाल्दै लियोनेल मेस्सीको अर्जेन्टिना अर्को चरण पुगेको हो ।

खेलको १५ औं मिनेटमा यासेर इब्राहिम र ६७ औं मिनेटमा मोस्तफा जिकोले गोल गरेपछि इजिप्टले २–० को अग्रता बनाएको थियो।

तर, ७९ औं मिनेटमा क्रिस्टियन रोमेरो र ८३ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई २–२ को बराबरीमा ल्याए। त्यसपछि खेलको इन्जुरी समयमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई ३–२ को जित दिलाए।

अर्जेन्टिनाले अब क्वाटरफाइनलमा स्विट्जरल्यान्ड र कोलम्बियाबीचको विजेतासँग खेल्नेछ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू