ह्यारी केन चम्कँदा इंग्ल्याण्ड अन्तिम १६ मा, क्वार्टरफाइनल पुग्न मेक्सिकोसंग भिड्ने

लन्डन- विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा कप्तान एवं स्टार स्ट्राइकर ह्यारी केनको सनसनीपूर्ण प्रदर्शनको मद्दतले इंग्ल्याण्ड विजयी भएको छ ।
एटलान्टाको अत्याधुनिक रंगशालामा सम्पन्न फिफा विश्वकपको निकै रोमाञ्चक खेलमा इंग्ल्याण्डले डेमोक्रेटिक रिपब्लिक अफ कंगोलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।
खेल अवधिभर डिआर कंगोसँग १–० ले पछि परेपछि इंग्ल्याण्ड तनावमा थियो ।
कंगोका गोलरक्षक लियोनेल म्पासीले इङ्गल्यान्डका कयौँ उत्कृष्ट प्रहारलाई विफल पार्दै बलियो पर्खाल खडा गरेका थिए।
तर, खेल सकिन १५ मिनेट मात्र बाँकी रहँदा वैकल्पिक खेलाडी एन्थोनी गोर्डनको पासमा केनले उत्कृष्ट हेडरमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८६ औँ मिनेटमा केनले पुन: आफ्नो जादुमयी प्रर्दशन दोहोर्याए l । गोर्डनकै पासलाई नियन्त्रणमा लिँदै केनले कंगोका डिफेन्डरलाई छक्याएर दायाँ खुट्टाले प्रहार गरेको शक्तिशाली बलले सिधै जाली चुमेपछि इंग्ल्याण्डको जित सुनिश्चित भएको थियो ।
अब इंग्ल्याण्डले यूके समय सोमबार बिहान १ बजे आयोजक मेक्सिकोको सामना गर्ने छ । बलियो मेक्सिकोले आफ्नो घरेलु मैदानमा खेलेका पछिल्ला ८९ प्रतिस्पर्धी खेलमध्ये दुई खेलमा मात्र हार बेहोरेको छ ।
सो रंगशालामा मेक्सिकोले ७० खेल जितेको छ भने विश्वकपका पछिल्ला १० खेलमा अपराजित रहेको इतिहास छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


