लन्डनमा १३ औं बुढा सुब्बा गोल्ड कप सम्पन्न


लन्डन । धरान समाज यूकेले गत २० जुन २०२६ का दिन १३ औं बुढा सुब्बा गोल्ड कप आयोजना गरेको छ । टुडोर पार्क स्पोर्टस एण्ड लेजर, फेल्थाममा फुटबल प्रतियोगिता भएको हो ।
प्रतियोगितामा मेन क्याटगोरिजतर्फ ब्रिगेड ब्वाइज क्लब वीनर बन्यो । उक्त टिमले टिडब्लु वारियर्सलाई २ १ गोल अन्तरले पराजित गरि ट्रफी, पदकसहित १९०० पाउण्ड जितेको छ । उपविजेता टिडब्लु वारियर्सले ट्रफी, पदक र ९०० पाउण्ड पुरस्कार प्राप्त गरयो ।
त्यसैगरि, भेटेरान श्रेणीतर्फ जोइन्ट एफसीले फाइनलमा २ गोल गरि ट्रफी, पदक र ११०० पाउण्ड पायो भने शुन्य गोलमा सिमित उपविजेता धरान ११ ले ट्रफी, पदक र ५०० पाउण्ड पुरस्कार पाएको छ ।
उता, सुपर भेटेरान श्रेणीतर्फ सुपर गोर्खा तीन गोलसहित विजेता बनेर ट्रफी, पदक र ३०० नगद पायो भने २ गोल गरेको उपविजेता धरान एफसी यूके ले ट्रफी, पदक र २०० पाउण्ड प्राप्त गरयो ।
प्रमुख अतिथि धरानका पूर्व प्रसिद्ध खेलाडी संजोक परियार, धरान समाज यूके अध्यक्ष निकेश लिम्बु लगायतले विजेता खेलाडीलाई पुरस्कार प्रदान गरे ।
उक्त खेलमा करिब एक हजार दर्शक सहभागी थिए ।
औपचारिक कार्यक्रम सञ्चालन समाजका महासचिव बल्लभ गुरुङले गरेका थिए । प्रतियोगिता संयोजन खेलकुद सचिव विशाल लिम्बु र सहायक खेलकुद सचिव उत्तम राईले गरेका थिए ।
धरान समाज यूके अध्यक्ष निकेश लिम्बुले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने समस्त कार्यसमिति र प्रायोजकहरुप्रति आभार व्यक्त गरेका छन् । सबैको साथ, सहयोग र उत्साहले १३औं बुढासुब्बा गोल्ड कप स्मरणीय बनाउन महत्वपूर्ण योगदान पुर्याएको उनले बताए ।


सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


