बुधबार, १३ मे, २०२६
22:02 | ०२:४७

होर्मुज जलमार्गबाट हुने ढुवानी सुरक्षा गर्न बेलायत र फ्रान्सलाई अष्ट्रेलियाको साथ

रासस/सिन्ह्वा मे १३, २०२६

क्यानवेरा, वैशाख ३० गते । मध्य–पूर्वमा जारी तनावबीच स्ट्रेट अफ होर्मुज जलमार्गबाट हुने ढुवानी सुरक्षा गर्न बेलायत र फ्रान्सको नेतृत्वमा सुरु भएको रक्षात्मक बहुराष्ट्रिय सैन्य अभियानलाई अष्ट्रेलियाले पनि समर्थन गर्ने भएको छ ।

रक्षामन्त्री रिचर्ड मार्लेसले विज्ञप्तिमार्फत अष्ट्रेलियाले आगामी बजेटपछि निगरानीका लागि विमानको योगदान गर्ने जनाएका छन् । मार्लेसले ४० बढी देशका रक्षामन्त्रीहरुसँग भएको बैठकपछि यस्तो घोषणा गरेका हुन्, जहाँ सहभागीहरूले होर्मुज जलमार्गमार्फत हुने ढुवानी स्वतन्त्रताका लागि समर्थनको पुष्टि गरेका छन् ।

बहु–राष्ट्रिय सैन्य अभियान अन्तर्राष्ट्रिय व्यापारको सुरक्षाका लागि ठोस प्रतिबद्धता प्रदर्शन गर्दै जारी कूटनीतिक संलग्नता र सम्झौता प्रयासलाई पूरक बनाउन तयार गरिएको उनले बताए । यो द्वन्द्व जति लामो समयसम्म चल्छ अष्ट्रेलियामा त्यति नै महत्त्वपूर्ण प्रभाव पर्ने चेतावनी दिँदै मार्लेसले अष्ट्रेलिया सरकारले यी प्रयासलाई समर्थन गर्न आफ्ना साझेदारसँग सहकार्य जारी राख्ने बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू